केएनपी कारखानाको जापानी राजदूतद्वारा अवलोकन

काठमाडौं- नेपालका लागि जापानका राजदूत महामहिम मेएडा टोरूज्यूले आफ्नो हालैको वीरगन्ज महानगरपालिका भ्रमणका क्रममा केएनपी जापान प्रा. लि. को कारखानाको अवलोकन गरेका छन् । उनलाई केएनपी जापान प्रा. लि. का निर्देशक अशोक कुमार वैद्य र कारखानाका प्रबन्धक प्रवीण जाधव लगायत कारखानाका कर्मचारीहरु द्वारा स्वागत गरिनुका साथै सम्पूर्ण कारखाना अवलोकन गराइएको थियो।
राजदूतले जापान, भारत र नेपालबिचको संयुक्त साझेदारीमा सञ्चालन रहेको यस बहुराष्ट्रिय संयुक्त लगानीका उद्योगको कार्य प्रणाली तथा गुणस्तरप्रति प्रसन्नता व्यक्त गरे । उनले यस्तो सहयोगात्मक प्रयासले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
राजदूत मेएडा टोरूज्यूले यस्ता बहुदेशीय लगानीका उद्योगहरूको प्रतिस्पर्धात्मक अवस्था विकसित गर्न अस्वस्थ्यकर समस्याहरूको समाधान नेपाल सरकारले तदारूकता साथ गर्ने कुरामा आशा व्यक्त गरे । उनले हाल नेपालमा सञ्चालनमा रहेका जापानी उद्योगहरूको अनुभवका आधारमा थप लगानीको सम्भावना बढ्ने बताए ।
यस अघि पनि दुईजना जापानी राजदूतहरूको अवलोकन भ्रमण केएनपी जापान प्रा लिमा भएको थियो।

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

प्रतिक्रिया