तेस्रो पटक जिब्रो छेडेर महाद्विप बोक्दै टोलटोल घुमे बोडेका २८ वर्षीय सुजन

भक्तपुर- बिस्काः जात्राको अवसरमा मध्यपुरथिमि नगरपालिका–८ बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने विश्व प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आज स्थानीय २८ वर्षीय सुजन वाग श्रेष्ठले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभएको छ ।
बोडे पाँचो गणेश मन्दिर अगाडिको फल्चामा बोडेका सबै देवीदेवतालाई साक्षी राखेर जिब्रो छेडाएर महाद्वीप बोकेर बोडे सहरको टोलटोल घुम्दै जात्रा सम्पन्न गरेको हो । विगत १०७ वर्षभन्दा अगाडिदेखि निरन्तर रूपमा चल्दै आएको ऐतिहासिक यो जात्रामा यसवर्ष तेस्रौ पटक जिब्रो छेडाएर सुजनले जात्रालाई निरन्तरता दिनुभयो ।
सुजनका आफ्नै ठूलो बुबा कर्मीनाय कृष्णचन्द्रले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूपबत्ती बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० ईन्च लामो फलामको सुइरोले हजारौँ मानिसहरूकै अगाडि सुजनको जिब्रो छेडिदिनुभयो ।
जिब्रो छेडेर चन्द्राँकारकोे भ्वाय् अर्थात् महाद्विप बोकेर सुजनले बोडे सहर घुम्दै भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिरको पाँच पटक परिक्रमा गरेपछि महाद्विपलाई मन्दिरस बाहिर राखेर सुजन मन्दिरभित्र गएर जिब्रोको सुइरो निकालेर मन्दिरको भित्तामा रहेको काठमा ठोकियो ।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए ।
प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने मान्यता रहेको दीलकृष्ण प्रजापति बताउनुहुन्छ ।
परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसअघि नवाँै पटक जिब्रो छेडेका बुद्धकृष्णकै कान्छो छोरा विगत तीन वर्षदेखि जिब्रो छेडेर जात्राले निरन्तरता दिनुभएको छ । -
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_vB3L9gQjh0_oeam27qv0xelrmhafqr6lt00yc4g8mthczs7moemgbucuttl34i7chtacb72.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_ozULOtc8U3_sqjqonjjsqyrcnvrjmjivgwyoepllpzdbxwm7qdr7kdnaupk7argklljmbff.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

प्रतिक्रिया