भैरहवा र पोखराबाट उडान गर्न कतार एयरवेजलाई नेपालको आग्रह

काठमाडौँ- कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन चासो देखाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी र कतार नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष मोहमद विन फहेल अल हजारीबीच भएको भेटवार्ताको क्रममा कतारले नेपालमा उडान बढाउने सकारात्मक प्रतिक्रिया जनाएको हो ।
उनीहरूबीच कतारमा अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) फ्यासिलिटेसन कन्फ्रेन्सका क्रममा मंगलबार भेटवार्ता भएको हो ।
क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार महानिर्देशक प्रदीप अधिकारीले भैरहवा र पोखराबाट उडान गर्न आग्रह गरेका थिए । जवाफमा कतारको सिभिल एभिएसनका अध्यक्षले दुवै विमानस्थलको प्राविधिक पक्ष र बजारको अययन गरेर निर्णय लिने प्रतिक्रिया दिएको थियो ।
कतारले काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा साविक बमोजिम उडान गर्नेगरी नेपालसँग प्रस्ताव राखेको छ ।
कतारले काठमाडौँमा दैनिक चारसहित साताको २८ उडान गर्दै आएको छ । यसबीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको क्रममा एक उडान भैरहवाबाट गर्ने व्यवस्था मिलाइएको थियो । नेपालकोतर्फबाट भैरहवा र पोखरामा उडान गर्न आग्रह गरिएको थियो ।
त्यसको लागि सहकार्य गरेर नयाँ विमानस्थलको प्राविधिक र बजारको अध्ययन गरेर निर्णय लिने जतारले प्रतिक्रिया दिएको छ ।
कतारी पक्षले काठमाडौँ विमानस्थलमा साताको २८ उडानको अपेक्षा गरेको थियो । नेपालले भैरहवा र पोखरा विमानस्थलमा उडान गर्नेगरी शर्त राखेको थियो । दुवै विषयमा छिट्टै निर्णयमा पुगिन क्यानले उल्लेख गरेको छ ।
“भैरहवा र पोखराबाट कतार एयरवेजको उडान गर्नका लागि सहजीकरण गरिदिन त्यहाँको नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गरिएको छ”, सूचना अधिकारी भुलले भने ।
सो अवसरमा कतारले आइकाओ काउन्सि परिषद्को निर्वाचनमा सहयोग गर्न आग्रह गरेको थियो । नेपालले सहयोग गर्ने बचन दिँदै र पोखराबाट उडान गर्नुपर्ने शर्त राखेको थियो ।
आइकाओ आवद्ध एकसय ९३ देशहरुमध्ये ३६ देशको काउन्सिल परिषद् हुन्छ । तीन समूहमा १२–१२ देश रहन्छन् । कतार सन् २०२२ मा तीन वर्षका लागि निर्वाचित भएको थियो ।
सन् २०२६ मा हुने काउन्सिल निर्वाचनका लागि कतारले नेपाललाई सहयोग मागेको छ । प्राधिकरणले भैरहवा र पोखराबाट उडान गर्नुपर्छ उहाँहरूबीच पारस्परिक हित र सम्बन्ध सुमधुर बनाउन फलदायी छलफल भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा कतारले कतार एयरवेजको टिआइएएमा हप्तामा २८ उडानको अनुमति पुनः गर्ने र आगामी आइकाओको काउन्सिलेको निर्वाचनमा कतारको सदस्यताका लागि नेपालको समर्थनमा केन्द्रित भएको थियो ।
क्यानले कतार एयरवेद्धार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न नेपाली वायुसेवा कम्पनीसँग घरेलु कोड साझेदारी व्यवस्थामा सहयोग गर्ने आश्वासन दिएको थियो ।
हवाई उद्योगको हितका लागि आपसी चासोको समाधान गर्न छिट्टै संयुक्त प्राविधिक टोली गठन गर्ने समझदारीसहित बैठक सम्पन्न भएको क्यानले जनाएको छ ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा करिब आधा दर्जन एयरलाइन्सले उडान गर्दै आएकामा समर सिजन अप्रिल १ अर्थात् चैत १९ देखि सुरु भएको समर सिजनमा कुनै पनि अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले भैरहवा उडानको ‘सेड्युल’ पेस नगरेपछि तत्काललाई अन्तरराष्ट्रिय उडान स्थगित भएको विमानस्थल कार्यालयले जनाएको छ । उक्त विमानस्थलमा ३० मार्चसम्म अन्तरराष्ट्रिय उडान भएको थियो ।
भैरहवामा जजीरा एयरवेज, थाई एयर एसिया र फ्लाई दुबईले नियमित उडान गर्दै आइरहेका थिए । नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा–दुबई उडान गरे पनि भैरहवामा ‘टच डाउन’ मात्र गर्ने गरेको छ । कतार एयरवेजले केही समय उडान गरेर पुसमै सेवा बन्द गरेको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले नियमित व्यावसायिक उडान र सिचुवान एयरलाइन्सले नियमित चार्टर्ड उडान गरिरहेका छन् ।

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया