नेपालमा ‘अन्तर्राष्ट्रिय वातावरणीय पेशाविद दिवस’ मनाइयो

काठमाडौँ- नेपालमा ‘अन्तर्राष्ट्रिय वातावरणीय पेशाविद दिवस’ सम्पन्न भएको छ । मंगलबार काठमाडौँको स्किम कलेजको सेमिनार हलमा वातावरणको क्षेत्रमा काम गर्ने सरकारी तथा गैह्रसरकारी निकाय, विश्वविद्यालय, स्वतन्त्र परामर्शदाताको रुपमा कार्यरत र सरोकारवाला निकाय तथा व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम दिवस मनाइयो ।
प्रसिद्ध वैज्ञानिक तथा कलाकार लियोनार्दो दा भिन्चीको जन्मदिन (अप्रिल १५) को अवसर वातावरण पेशाविदले उक्त दिवस मनाउन थालेका हुन् । यो दिवस मनाउने प्रचलन अमेरिकाबाट सुरु भएको हो ।
नेपालमा पनि सन् २०२३ देखि नेपाल एशोसिएन फर इम्प्याक्ट एशेसेमेन्ट संस्थाको अगुवाइमा उक्त दिवस मनाउन थालिएको छ । आजको कार्यक्रममा करिब ५० जना व्यक्तिहरूको सहभागिता रहेको थियो ।
‘नेपालमा वातावरण सम्बन्धी पेशाकर्मीहरूको कार्यक्षेत्र अवसर र चुनौती’ विषयमा छलफल भएको थियो । सहभागीहरूले छलफलको क्रममा आ-आफ्नो विचार तथा अनुभवहरू राखेका थिए ।
छलफलमा उपेन्द्र देव भट्ट, डा. रमेशराज पन्त, प्रणव आचार्य, निरन्जन श्रेष्ठ र शर्मिला गिरी सहभागी थिए । सहजकर्ताको भूमिका अजयभक्त माथेमाले गरेका थिए । छलफलमा वातावरण सम्बन्धी पेशाकर्मीहरूको हकहितका लागि ‘लबिङ्ग’मा जोड दिनुपर्ने सबैको सहमति रहेको थियो ।
कार्यक्रमको समापन गर्दै संघका अध्यक्ष मिलन दाहालले पेशाकर्मीको क्षमता वृद्धिमा लाग्नुपर्ने साथै अग्रजलाई सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

प्रतिक्रिया