‘सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो’

त्रिवेणी - कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो भइरहेको गुनासो गरेका छन्।
आज जिल्ला अस्पताल विकास समिति रुकुम पश्चिमले आयोजना गरेको जिल्ला अस्पताल भवन अनुगमन तथा भेटघाट कार्यक्रममा उनले एकले अर्काको थाप्लोमा समस्या थुपारेर समस्याको समाधान नहुने बताए।
पूर्वमुख्यमन्त्री शर्माले नीतिको प्रभावकारी कार्यान्वयन नहुँदा, प्रशासकीय स्वरूप, निर्वाचन प्रक्रिया र राजनीतिक अस्थिरताले पनि विकास निर्माणमा प्रभाव पारिरहेको बताए।
“स्थानीय, प्रदेश‚ सङ्घ तथा यसको व्यवस्थित परिचालनको अभावमा पनि अप्ठेरो भइरहेको छ। प्रदेश, सङ्घ र स्थानीय तहका फरकफरक योजना छन्, योजना जसमार्फत कार्यान्वयन भए पनि जनता नै लाभान्वित हुने हुन् भनेर काम गर्नुपर्छ। समन्वय र सहकार्यको माध्यमबाट योजना कार्यान्वयन गरिनुपर्छ”, उनले भने।
देश विकासका लागि जनप्रतिनिधि, जनता र सबै सरोकार भएकाहरूको फराकिलो बुझाइ र त्यसको कार्यान्वयनका लागि सहयोग गर्ने सोच हुन आवश्यक रहेको पूर्वमुख्यमन्त्री शर्माको भनाइ थियो।

नीति तथा कार्यक्रमले आशा जगाउने काम गरेनः पूर्वसभामुख सापकोटा

सरकारको नीति तथा कार्यक्रम अधिनायकवादी शैलीको : ध्रुवबहादुर प्रधान

तीन दिने भ्रमण सकेर फर्के चौथाईवाले

नीति तथा कार्यक्रममा शहरी विकास मन्त्रालयका के के विषय प्राथमितामा परे?

सामाजिक सञ्जाल प्रयोग र सञ्चालनलाई मर्यादित बनाउन प्रभावकारी नियमन गरिने

सरकारले अन्तर्देशीय पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता बढाउने

नीति तथा कार्यक्रमः सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग सेवा बिस्तार, दुर्…

प्रतिक्रिया