विजय गच्छदारसँग बयान लिइँदै

काठमाडौँ ः ललिता निवास घोटाला काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोजन गरेका पूर्व उपप्रधान एवं भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदार बयान दिन विशेष अदालत पुगेका छन् । उनीमाथि लागेको भ्रष्ट्राचारको आरोपका सम्बन्धमा अहिले उनको बयान लिने काम भैरहेको छ ।
गच्छदारमाथि अख्तियारले पदको दुरुपयोग गर्दै प्रधानमन्त्री निवास विस्तारको आवरणमा नक्कली मोही खडा गरी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्न प्रस्ताव मन्त्रिपरिषद्मा लगेको आरोपमा मुद्दा चलाएको हो । उक्त प्रस्ताव तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यातले तयार गरेको र विभागीय मन्त्रीका रूपमा गच्छदारले मन्त्रीपरिषद्मा लैजाँदा पनि उनले आफ्नो कार्यक्षेत्रमा नै नरहेको काम गरेको अख्तियारले उल्लेख गरेको छ । बस्न्यातलाई पनि अख्तियारले सोही मुद्दामा अभियोजन गरेको छ ।
नेपालको इतिहासमा ठूला भ्रष्टाचार काण्डमा ललिता निवास एक हो । यसमा हाइप्रोफाइलहरू मुछिएका छन्, यी मध्ये तीन पूर्व मन्त्री र तीन पूर्व सचिव हुन् । अख्तियारले ललिता निवास जग्गा प्रकरणमा ११० जनालाई २० अर्ब रुपैयाँ बिगो दाबी गरी २०७६ माघमा विशेष अदालतलमा मुद्दा दायर गरेको थियो । तत्कालीन मन्त्री गच्छदारसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

सुन तोलामा तीन हजार पाँच सयले घट्यो
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_tfUOAEDA6s_x0yfyqy3tkrogpkrlzp4ssyesuiv98cgzjqxrgw0ml2rgbdxq88qjphzfixl.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया