बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

ग्लोबल आइएमईका सञ्‍चालक परमेश्वर श्रेष्ठले दिए राजीनामा

काठमाडौँ : ग्लोबल आइएमइ लघुवित्तका सञ्‍चालक परमेश्वर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । बुधबार बसेको सञ्‍चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ ।

लघुवित्तमा श्रेष्ठ प्रतिनिधि सञ्‍चालकको रुपमा प्रतिनिधित्व गरिरहेका थिए । समितिको १३८औं बैठकले उनको राजीनामा स्वीकृत गरेको छ ।