कपुर खान्दानबाट अब नयाँ हिरोइन, रणवीर कपुरकी बहिनी अब फिल्ममा

मुम्बई- कुनै समय कपूर परिवारमा केटीहरूलाई बलिउडमा काम गर्न प्रतिबन्ध लगाइएको थियो। कपूर परिवारका बुहारी र छोरीहरूलाई फिल्ममा काम गर्न दिइने गरिएको थिएन।
तर, करिश्मा कपुरले आफ्नो परिवारको विरुद्धमा गएर बलिउडमा प्रवेश गरिन र आफ्नो उचोँ स्थान बनाइन् र त्यसपछि जब उनले यो सफलता हात पारिन्, तब उनकी बहिनी करीना कपुरले पनि दिदीको पाइला पछ्याइन् ।
यसैबीचमा यो खबर आएको छ कि अब चाँडै कपूर परिवारकी अर्की छोरी पनि मनोरञ्जन क्षेत्रमा आफ्नो विशेष स्थान बनाउन आउँदैछिन् ।
समाचार अनुसार चर्चित कमेडियन कपिल शर्मा अब कपूर खानको छोरीसँग स्क्रिन सेयर गर्न लागि परेका छन् । अब जसको बलिउड डेब्यु भएको खबर बाहिर आएको छ, उनी हुन् रणवीर कपुरकी जेठी बहिनी र नीतु कपुर–ऋषि कपूरकी छोरी रिद्धिमा कपूर । यो खबरले रिद्धिमा बलिउडमा डेब्यु गर्दैछ भन्ने कुराको पूर्ण पुष्टि भइसकेको छ ।
राज कपुरको परिवारकी अर्की महिला सदस्य पारिवारिक व्यवसायमा सामेल हुन तयारी अवस्थामा छिन् किनभने रिद्धिमा कपुर अब बलिउड अभिनेत्री बन्ने भएकी छिन् ।
कमेडियन कपिल शर्माको फिल्म ‘किस किस से प्यार करू ?’ बाट अभिनेत्री बन्ने गरी रिद्धिमा कपुर बलिउडमा प्रवेश गर्ने तयारीमा छिन् । आशिष आर मोहन निर्देशित कमेडी फिल्ममा रिद्धिमा कपुरले उनीसँग स्क्रिन सेयर गर्ने हल्लाको पुष्टी स्वयं कपिल आफैले गरेका छन् ।
जसरी रिद्धिमाले करियर बदलेकी छिन्, त्यो सबैका लागि ठूलो आश्चर्य हो । वास्तवमा, रिद्धिमा कपूरलाई पहिले कहिल्यै अभिनय करियरमा रुचि थिएन। केही वर्षअघि उनकी आमा नीतु कपूरले एक अन्तर्वार्तामा रिद्धिमा घरमा खुसी रहेको बताएकी थिइन् । परिवारले रिद्धिमालाई कुनै पनि काम गर्नबाट रोकेको भने थिएन।
तर, बाल्यकालदेखि नै, रिद्धिमा कपूर फेशन डिजाइनिङ गर्न चाहन्थिन् किनभने उनलाई लाग्थ्यो कि अभिनय भनेको कुनै चियाको कप होइन, जति खेर मन लाग्यो, त्यतिखेर उचाल्न मिल्ने ।
खासमा पछिल्लो समयमा नीतुलाई रिद्धिमाको मिमिक्री एकदमै राम्रो लाग्यो। उनलाई राम्रो अफर पनि आयो तर उनी त्यसका लागि तयार थिइनन् । यससँगै अब रिद्धिमाको मनसाय फेरिएको देखिन्छ । र, उनी कपिल शर्मासँग अन स्क्रिन सेयर गर्न राजी भएकी छिन् ।

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

ब्रुसली र ज्याकीसहित १०० क्लासिकल फिल्म एआइवाट पुनः बनाउने

कस्तो छ ‘सितारे जमीं पर’ ?

प्रतिक्रिया