बिवाह अर्कैसँग भएपनि मालिनीसँगको प्रेममा कमी नआएपछि बैशाख १ गते मात्रै फूल्छ सलहेस (फोटो फिचर )
_85S17gr6k1_iwjgcxuqcfhegpie4xr3vms7lkvjop7sjahm1nffoew2ygtgp8ncqcax3a91_Xnep15vMYD_ebxaiiguadoqv1xajgydxlw6doardrr0yfb0njwwoym6dmeyqh5wc9ptsu7k.jpg)
सिरहा- सिरहामा प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात बैशाख १ गतेमात्र फूल्ने फूल दर्शन गर्न बिहानैदेखि लहान नगरपालिकास्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठूलो भिड लागेको छ।
पूर्व पश्चिम राजमार्गसँगै जोडिएको लहान नगरपालिका १२ र २२ नम्वर वडामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल सलहेश फूलवारीमा आजकै दिन मात्र फूल्ने फूल दर्शन गर्न आउने दर्शनार्थीहरूको भिड लागेका हुन् ।
राजा सलहेशको ऐतिहासिक गाथा बोकेको सलहेस फूलबारीमा रहेको हारम जातको रुखमा फूल्ने फूल हेर्न नेपाल तथा भारतीय दर्शनार्थी प्रत्येक वर्षझैं यस वर्षपनि दर्शनार्थीहरू बिहानैदेखि भिडलाग्न थालेको स्थानिय हरिभक्त चौधरीले जानकारी दिए ।
सलहेस गाथामा उल्लेख गरिएअनुसार सिरहाको महिसोथामा जन्मिएका लोक नायक सलहेश फूल टिप्ने र प्रणयस्थलको रुपमा यो फूलबारी रहेको मानिन्छ।
आफ्नो क्षेत्रमा लोक नायकको रुपमा पुजिने राजा सलहेस र प्रेमिका मालिनीको प्रेम प्रतीकको रुपमा लिइने सुनाखरी फूलको माला हेर्न मानिसहरूको भिड लाग्ने गरेको मन्दिरका पुजारी जितेन्द्र सिंह धामीले जानकारी दिए।
उनका अनुसार तेह्रौं शताब्दीका लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहेको तर सलहेसले कारणवस अरु नै स्त्रीसँग विवाह गरेपनि उनीहरूबीचको प्रेममा कुनै कमी नआएको भन्ने लोकोक्ती रहेको छ।
सोही प्रेमको प्रतिकको रुपमा बैशाख १ मात्रै सुनाखरीको फूल फूल्ने जनविश्वास रहेको छ।
सलहेस तराईका पासवान जातीको इष्टदेव रहेको र तेह्रौ शताब्दीका लोक नायक भएकोले सलहेसको पूजाअर्चना गर्नाले मनोकांक्षा, सन्तान प्राप्ति, चर्म रोग, कुष्ट रोग लगायतका रोग ब्याधि हरण हुने जन विश्वास समेत रहेको छ। फूलबारीभित्र दुर्लभ जातीका जडीबुटीहरूसमेत रहेको बताइन्छ।
प्रत्येक वर्ष बैशाख १ गते एक जोडी माला आकारमा फूल्ने फूल राजा सलहेस र उनकी प्रेमिका मालिनीको प्रेम प्रतिकका रुपमा फूल्ने गरेको जनविश्वास छ।
ती माला र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँहरूबाट सर्वसाधारणहरूको घुँइचो लागेका छन्।
पर्यटकीय महत्व बोकेका विभिन्न दर्शनीय स्थलहरूमध्ये सिरहाको सलहेश फूलवारी अन्य दिन पर्यटकहरू पुग्ने गरेपनि आज नयाँ वर्षको दिन विशेष पूजा अर्चना गर्ने श्रद्धालु भक्तजनहरूको ठूलो भिड लाग्ने गरेको छ।
हरेक वर्षको चैत मसान्त र वैशाख संक्रान्तिका बेला दुई दिन मात्र फूलेर मालाको आकार ग्रहण गर्ने सलहेशको सुगन्धका लागि निकै मानिस भेला हुन्छन् र ठूलो मेला पौराणिककालदेखि लाग्दै आइरहेको छ।
सलहेस फूलवारी मेला व्यवस्थित गर्न यस वर्ष फूलबारी क्षेत्रमित्र सामानहरू बेच्न प्रतिबन्ध लगाएको छ।
दर्शनार्थीहरूको सहजताको लागि फूलबारी क्षेत्रभन्दा बाहिरमा सबैलाई सहज हुनेगरी सामान बिक्रीका स्टलहरू निर्माण गर्न दिइएको मेला समितिले जनाएको छ।

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण

दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश

नेपाल-भारत सुरक्षा अधिकारीको बैठक : अपराध नियन्त्रणमा शून्य सहनशीलताको सहमति

मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते

रौतहटमा लुटपाटमा संलग्न लुटेरा पक्राउ, भागेकाको खोजीकार्य जारी

कवीर दिवसमा १५ जोडीको दाइजोमुक्त विवाह

प्रतिक्रिया