शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म बुक गर्न सकिने

काठमाडौँ- पठाओ नेपालले ‘पठाओ रेन्टल’ सेवा सुरु गरेको छ । ‘मुभिङ नेपाल’को आफ्नो संकल्पलाई अघि बढाउँदै कम्पनीले उक्त सेवा सुरु गरेको जनाएको छ ।

कम्पनीका अनुसार अब प्रयोगकर्ताहरूले मोबाइल एपमार्फत कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म सहजै बुक गर्न सक्नेछन् । पठाओ रेन्टल सेवामा प्रयोगकर्ताले कम्तीमा एक घण्टा अगाडि वा बढीमा सात दिनअघि नै गाडी बुक गर्न सकिने कम्पनीको भनाइ छ । विवाह, पिकनिक, पर्यटन तथा कार्यालयको प्रयोजनका लागि पनि आवश्यकताअनुसारका गाडी बुक गर्न सकिनेछ ।

पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातका अनुसार सवारी बुक गर्दा  प्रयोगकर्ताले आफैले भाडा प्रस्ताव समेत गर्न सक्नेछन् भने दुवै पक्षबीच सहमतिपछि यात्रा सुनिश्चित हुनेछ । निर्धारित भाडामा सडक दस्तुर, पार्किङ, इन्धन र रातको बसाइलगायतका सबै खर्च समेटिनेछ ।

“पठाओ रेन्टल सेवा यात्रुहरूको सहजता र पठाओका चालकका लागि अतिरिक्त आम्दानीको अवसरका लागि ल्याइएको हो” बस्न्यातले भने, “यस सेवामार्फत यात्रालाई अझ व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य लिएका छौँ ।”

कम्पनीका अनुसार अन्य सेवामा जस्तै यस सेवामा पनि बीमाको सुविधा उपलब्ध गराइएको छ । कम्पनीका अनुसार प्रयोगकताएले २४सै घण्टा गाडी बुक गर्न सक्नेछन् भने यात्रा अवधिमा कुनै गुनासा सम्बोधन गर्नका लागि २४सै घण्टा ग्राहक सहायता सेवा सञ्चालनमा ल्याइएको छ । ग्राहकले पठाओ एपमा दिइएको फोन नम्बरमा सम्पर्क गरेर पनि गाडी बुक गर्न सक्ने कम्पनीको भनाइ छ ।

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घोषणा

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक