बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको सेवा विस्तारमा पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अस्पताल आज यहाँ आयोजित १७औँ वार्षिक साधारणसभामा उहाँले जननेता बिपी कोइरालाका नाममा अन्य स्थानमा पनि अस्पताल स्थापनाको प्रयास गर्ने बताए ।
“सहकारी संस्थाका रुपमा स्थापना भएको अस्पतालमा शेयर होल्डर र जनताको पैसाको सही सदुपयोग हुनुपर्छ”, उनले भने । उनले देशको स्वास्थ्य क्षेत्रको विकासमा बिपी स्मृति अस्पतालले गरेका कामको सराहना गरे ।
पार्टीका नेता डा शेखर कोइरालालेसंविधान संशोधनमा विलम्ब गर्न नहुने बताए । “संविधान संशोधनमा जति ढिलाइ हुन्छ, त्यति नै सडकमा आक्रोश बढ्छ”, उहाँले भन्नुभयो । एमालेसँगको सत्ता साझेदारी पार्टी समस्यामा नपरोस् भन्नेतर्फ पार्टी नेतृत्व गम्भीर हुनुपर्नेमा उहाँले जोड दिए ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष उमेशजङ्ग रायमाझीले बिपी स्मृति अस्पताललाई सातै प्रदेशमा विस्तार गरिने बताए ।
अस्पताल सञ्चालक समितिका पूर्वअध्यक्षहरु डा केदारनरसिंह केसी, डा सुदामप्रसाद अधिकारी, अस्पतालका शेयरहोल्डर रवीन्द्रनाथ रेग्मीलगायत वक्ताले बिपी कोइरालाका नाममा स्थापित अस्पताललाई चिकित्साको उत्कृष्ट केन्द्र बनाउन सिङ्गो पार्टी लाग्नुपर्ने बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया