नेपालमा राजतन्त्रको सम्भावना छैन : प्रकाशशरण महत

महेन्द्रनगर (धनुषा)- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालमा राजतन्त्रको कुनै सम्भावना नरहेको बताएका छन् ।
आज जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताको बलिदान, त्याग र तपस्याले प्राप्त उपलब्धिमा देखिएका विकृति सच्याउन दबाबमूलक कार्यक्रम हुनुपर्नेमा व्यवस्था उल्टयाउने गतिविधि स्वीकार्य नरहने बताए । उनले संवैधानिक रुपमा राजा फर्किने कुनै सम्भावना नरहेको र राप्रपाबाहेकका सबै दल एक रहेकाले विना आधारको हल्लामा नपर्न सबैमा आग्रह गरे ।
नेता महतले विसं २०१५ मै हुलाकी राजमार्गको अवधारणा ल्याएर तराई मधेसको जीवनरेखाका रुपमा अघि सारेको स्मरण गराउँदै कमला र बागमती नदीमा निर्माण हुन बाँकी पुलहरु बनेपछि हुलाकी राजमार्गको काम सम्पन्न हुने बताए ।
वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारले जनताको पक्षमा काम गरिरहेको उनको भनाइ छ ।

पार्टीले स्पष्टिकरण सोधेको भन्ने बिषय निराधार : रामकुमारी झाँक्री

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आह्वान

आज तीनवटा संसदीय समितिका बैठक बस्दै

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

पशु कल्याण ऐन चाँडै ल्याउने सरकारको प्रतिबद्धता

एकीकृत समाजवादीद्वारा नेत्री झाँक्रीलाई स्पष्टीकरण
पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाकर्मीको मात्र सुविधा लिने घोषणा

प्रतिक्रिया