मुलुकको विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढेको छ : उद्योगमन्त्री भण्डारी

गोदावरी (कैलाली)- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको समग्र विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले आज धनगढीमा आयोजना गरेको विशेष सभामा उनले देशको सन्तुलित विकासका लागि लगानीको वातावरणलाई थप अनुकूल बनाउन सरकारले नीतिगत सुधार गरेको उल्लेख गरे ।
सरकारले औद्योगिक पूर्वाधार विकासमा विशेष जोड दिएकाले औद्योगिक क्षेत्रहरूको स्थापना र स्तरोन्नति, सडक र यातायातको विकासलगायत विषयलाई उच्च प्राथमिकता दिइएको उनको भनाइ थियो ।
“आर्थिक विकासका लागि औद्योगिक विकास जरुरी छ, उत्पादन र उत्पादकत्व तथा निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्य राखेर नीतिगत सुधार गर्दै आएका छौँ”, उनले भने । मन्त्री भण्डारीले सरकारले उद्योगको विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, आयात प्रतिस्थापन गर्न र निर्यात प्रवर्द्धन गर्न विभिन्न नीतिगत कार्यक्रमको प्रयास थालेको बताए ।
देशमा महत्तवपूर्ण राष्ट्रिय गौरवका आयोजनाको कामले गति लिइरहेको बताउँदै उनले सरकारले रोजगारी सृजनाका अवसरहरूलाई पनि प्राथमिकतामा राखेको बताए ।
राजनीतिक अस्थिरताका कारण देशमा विकास निर्माणका कामले गति लिन नसकेकाले राजनीतिक स्थिरता र विकास निर्माण गर्न दुई ठूला दल मिलेर सरकार बनाउनुपरेको उहाँको भनाइ थियो । उहाँले दोधरा–चाँदनी सुक्खा बन्दरगाह स्थापना भइसकेको उल्लेख गर्दै गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम अन्तिम चरणमा पुगेको बताए ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_VmiPjkv7b0_az88csl4gdztyw3hnwkj9d6wq3iyhjxme0ostrfbq9tbnyfswx19gtsrnuyg.jpg)
प्रतिक्रिया