बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं- दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइपुर्‍याइएको छ। झापाबाट ल्याइएका उनलाई भद्रपुर विमानस्थलबाट बुद्धएयरको जहाजमार्फत् काठमाडौं ल्याइएको हो। उनलाई म्याद थपका लागि  जिल्ला अदालत काठमाडौं लैजाने प्रहरीको तयारी छ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले राज्यविरुद्ध र अभद्र व्यवहारको कसूरमा अनुसन्धान गर्न प्रसाईंलाई  म्याद थपका लागि अदालत लगिने जानकारी दिए।