‘संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा गरौँ’

काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको अवस्थाबारे सबैले समीक्षा गर्नुपर्ने समय आएको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कमिटीद्वारा आज काठमाडौँमा आयोजित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्वको अपरिहार्यता’ विषयक विचार गोष्ठीमा उहाँले संविधान कार्यान्वयनका उपलब्धि र चुनौतीका विषयमा समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
कांग्रेस नेता सिटौलाले संविधान निर्माण भएको आठ वर्ष नाघिसकेको बताउँदै हालसम्म संविधानका उपलब्धि, कार्यान्वयनका अवस्था, चुनौतीलगायत विषयमा समीक्षा गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले संविधान कार्यान्वयनको समीक्षा गर्दै राष्ट्र, जनताको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । गरिबी हटाउन, देशमा समृद्धि ल्याउन केही त्रुटि भएमा त्यसलाई सच्याउन आफूहरू तयार रहेको उहाँले जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनको समीक्षा गरौँ । संविधान निर्माण भएको आठ वर्ष भइसक्यो । संविधानको समीक्षा गरेर राष्ट्र, जनताको हितमा काम गरौँ ।” उहाँले मुलुकमा भएका हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्नुभयो । “विसं २००७ तथा २०४६ सालको नेतृत्व र २०६२/६३ को जनआन्दोलनको नेतृत्व हामीले ग¥यौँ ।
संविधान निर्माणको नेतृत्व पनि हामीले गरेका हौँ”, उहाँले भन्नुभयो । नेता सिटौलाले आठ दशक लामो सङ्घर्षबाट प्राप्त परिणामलाई बचाउने र त्यसको माध्यमबाट देशको विकास गर्ने कार्यभार युवापुस्ता काँधमा रहेको उल्लेख गर्नुभयो । यस्तै, गोष्ठीमा कांग्रेस केन्द्रीय सदस्य राजीव ढुङ्गानाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नै नभएको बताउनुभयो । उहाँले लोकतन्त्र उत्तम व्यवस्था भएकाले यसलाई सबै मिलेर प्रमाणित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । -रासस

भोलि लिङ्देन, थापा, सुवेदी, विष्टले सामुहिक आन्दोलनको घोषणा गर्ने

नीति तथा कार्यक्रममा एआईलाई विधेयकमा समेट्ने बाहेकको नयाँ योजना छैनः सांसद …

बैंक नोटबाहेक छपाइका सबै काम नेपालमै शुरु : सञ्चारमन्त्री गुरुङ

सरकारको नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीनः सांसद यादव

पुरातन शैली र नेतृत्व वाधक नबनिदिए मुलुक आफैं बन्छ : विराजभक्त श्रेष्ठ

हामी आफ्नै आत्मरतिमा रमायौंः गौतम

पहुँचका आधारमा बजेट विनियोजन नगरियोस् : साउद

प्रतिक्रिया