नयाँ वर्षमा रचना रिमालले 'द क्लिफ'मा सांगीतिक प्रस्तुति दिने

काठमाडौं- साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै आएको कुश्मास्थित 'द क्लिफ'मा नयाँ वर्षको अवसरमा गायिका रचना रिमाल सांगीतिक प्रस्तुति दिने भएकी छन्। नयाँ वर्ष मनाउन क्लिफ पुग्नेले रिमालको सांगीतिक प्रस्तुतिसँगै रमाउन पाउने भएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए।
नयाँ वर्षको अवसरमा क्लिफले क्याफे, मेगाट्रोलमा २० प्रतिशत छुट उपलब्ध गराइएको छ। रिसोर्टमा रुम बुक गर्दा एउटा मिन साहसिक पर्यटकीय गतिविधि नि:शुल्क उपलब्ध गराइएको छ।
साथै, गायिका रिमालले पनि सामाजिक सञ्जालमार्फत नयाँ वर्षको अघिल्लो दिन अर्थात् चैत ३१ गते आफूले क्लिफमा प्रस्तुति दिन लागेको जानकारी दिँदै कार्यक्रममा सहभागी हुन आग्रहसमेत गरेकी छन्। रिमाल पछिल्लो समय चर्चित कलाकारमध्येमा पर्छिन् ।
विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, स्वीङ, स्काइ साइकलिङ र मेगाट्रोललगायतका साहसिक पर्यटकीय गतिविधिका साथै द क्लिफले सुविधा सम्पन्न रिसोर्टको सुविधा पनि उपलब्ध गराइरहेको छ। द क्लिफमा कालीगण्डकी नदीको मनोरम दृश्य हेर्दै विभिन्न साहसिक पर्यटकीय गतिविधि गर्न सकिन्छ।

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य: उर्जा मन्त्री खडका

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया