महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्छ : राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२४ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गरेका छन् ।
उनले आज दिएको शुभकामना सन्देशमा महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गरेको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीहरूद्वारा विभिन्न कार्यक्रम आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ । महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचर्य र अपरिग्रहका सिद्धान्त परिपालन गरेका थिए । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायत समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।

पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल
रास्वपाले भन्यो: भिजिट भिसा प्रकरणमा ठगिएका २ हजार नेपाली सम्पर्कमा हुनुहुन्छ

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, धाेबिखाे…

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट …

नेता शास्त्रीको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

एकीकृत समाजवादीको ५० जिल्ला अधिवेशन सकियो

प्रतिक्रिया