अब घर- घरमा लोडसेडिङ हुँदैन : मन्त्री खड्का

काठमाडौँ- ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आम नागरिकको घरमा अब लोडसेडिङ नहुने स्पष्ट पारेका छन्।
सान्जेन खोला हाइड्रोपावर कम्पनीले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले औधोगिक क्षेत्रमा प्रयाप्त विद्युत दिन नसके पनि आम नागरिकको घरमा अब लोडसेडिङ नहुने बताएका हुन्।
उनले विद्युत प्राधिकरणको आर्थिक अवस्था त्यति राम्रो नभए पनि प्रचुर मात्रामा सुधार गर्ने ठाँउ रहेको उल्लेख गरे। अहिले प्राधिकरणले योग्य र दक्ष नेतृत्व पाएको भन्दै उनले आर्थिक सुशासन कायम गरेर प्राधिकरणलाई अघि बढाउने जिम्मेवारी पूरा हुने विश्वास व्यक्त गरे।
मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासले मुलुकको समृद्धि हुनसक्छ भन्ने सोचका साथ १० बर्षमा २८ हजार मेगावाट भन्दा बढि विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको जिकिर गरे। यसका लागि चीन–भारतजस्ता छिमेकी मुलुकको सहयोग महत्वपूण रहेको उनले बताए।
मन्त्री खड्काले सान्जेन खोला हाइड्रोपावर कम्पनीले राष्ट्रिय प्रसारण ग्रीडमा ७८ मेगावाट विद्युत जडान गर्न सफल भएको भन्दै शुभकामना दिए।

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_JueXowWkwU_rxk8hslooij1f9ivbamgsbk0g4meqpocim8gt61u0w3uc727rcjrwaljnwdr.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया