मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गर्ने नेपाली भारतमा पक्राउ

रौतहट- मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरिरहेका रौतहटका एक जना युवक सिमानासँग जोडिएको भारत बिहार पूर्वी चम्पारण झरौखर थाना क्षेत्रमा पक्राउ परेका छन् ।
मोटरसाइकलको ट्यांकीभित्र ४ किलोभन्दा बढी लागुऔषध गाँजासहित स्थानिय बौधिमाई नगरपालिका ३ मटिअर्वा गाउँका मुकेश साह भारतीय क्षेत्रमा संयुक्त टोलीद्वारा पक्राउ गरिएको सीमा सुरक्षा बल एस एसबी क्याम्प जमुनियाका प्रमुख सहायक कमान्डेन्ट भाग सिंह गुर्जरले बताएका छन्।
सीमावर्ती भारतीय गाउँ पीठवा छेउ पिलर संख्या ३५६–४ नजिकै मंगलबार साँझ आरोपी मुकेश साह प्रदेश २–०३–००७ प १७६७ नम्बरको कालो रङको १५० सिसिको पल्सर मोटरसाइकल चढेर शंकास्पद अवस्थामा भारतीय क्षेत्रमा प्रवेश गरेका थिए ।
सीमाक्षेत्रको गतिबिधि नियालिरहेका झरौखर थानाका गस्ती टोली र एसएसबी क्याम्प जमुनियाको टोलीले उक्त मोटरसाइकल रोकेर चेकजाँच गरेका थिए । चेकजाँचको क्रममा मोटरसाइकलको ट्यांकीभित्र पेट्रोलको स्थानमा ४ किलो ३०० ग्राम गाँजा बरामद गरिएको एसएसबीका सहायक कमान्डेन्ट गुर्जरले जानकारी दिए ।
पक्राउ परेका मुकेशले मोटरसाइकलको ट्यांकीभित्र गाँजा र पेट्रोल सिट मुनी राखेर यसरी नै यसअघि पनि नेपालबाट भारतीय क्षेत्रमा तस्करीमार्फत गाँजा पुर्याएको सोधबुझको क्रममा स्वीकार गरेको एसएसबीले जनाएको छ।
बरामद गाँजा, मोटरसाइकलसहित मुकेश साहलाई आवश्यक कारबाहीको लागि मंगलवार साँझ झरौखर थानाको जिम्मा लगाइएको एसएसबी क्याम्प जमिनियाले जनाएको छ।
मकवानपुरको बिकट ठाउँहरूमा उत्पादित लागुऔषध गाँजा पछिल्लो समय रौतहट र बाराको बिभिन्न नाका हुँदै तस्करीको माध्यमबाट तस्करले भारतीय क्षेत्रमा पुर्याइरहेका छन्।
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

जनकपुरमा जानकी जन्मोत्सव सुरु

सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति

बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
_7dQf342lgh_ny0rqmpd6dntb2mwlijiflfqsvwmufz22cstcdajpymlmpfm0n7tyhtnwzhs_jyMoTJBn4W_ndp3gzlci5cmxqo09jnko8ot7u85oidcyshgfqjhdeukke7hfzv38fmqfbzp.jpg)
प्रतिक्रिया