'चीनको सैन्य विस्तार आश्चर्यजनक’
टोकियो- मङ्गलबारदेखि सुरु भएको जापान भ्रमणमा नाटो प्रमुखले चीनको सशस्त्र बलको विस्तार ‘आश्चर्यजनक’ रहेको बताएका छन् ।
नाटो प्रमुखको भ्रमण एसिया–प्रशान्त क्षेत्रमा गठबन्धनको शक्ति ‘प्रक्षेपण’ गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
“हामीले चीनप्रति सरलताका साथ काम लिनु हुँदैन”, महासचिव मार्क रुटले सोमबार प्रकाशित जापान टाइम्सलाई भने, “उनीहरूको सशस्त्र सेनाको विस्तार र रक्षा उद्योग तथा रक्षा क्षमताहरूमा गरेको लगानी आश्चर्यजनक छ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख्यतः युरोपेली नाटो गठबन्धनका अन्य सदस्यहरूलाई उनीहरूको सैन्य खर्च बढाउन दबाब दिइरहेका छन् ।
साथै उनले एसिया–प्रशान्त सहयोगीहरूलाई चीनको सामना गर्न र उत्तर कोरियालाई नियन्त्रण गर्न सहयोग पुर्याउन उनीहरूको सैन्य शक्ति बढाउन चाहेका छन् ।
“अमेरिकाले धारा ५ मा नभई शक्ति प्रक्षेपण गर्ने र नाटोभित्र एकअर्कालाई समर्थन गर्ने अर्थमा नाटोलाई (क्षेत्रमा) बढी संलग्न भएको हेर्न चाहन्छ”, रुटले भने ।
नाटोको धारा ५ ले यदि एक सदस्य राष्ट्रमाथि आक्रमण गरिएमा अन्य सबैले यसलाई सबैमाथि आक्रमण मानेर सोही अनुसार कारबाही गर्नेछन् भन्ने व्यवस्था गर्दछ ।
रुटले मङ्गलबार योकोसुका नौसेना आधारको भ्रमण गर्ने र बुधबार प्रधानमन्त्री सिगेरु इसिबासहित वरिष्ठ जापानी अधिकारीहरूलाई भेट्ने कार्यक्रम थियो ।
नाटोले पछिल्ला वर्षहरूमा तथाकथित आइपी४ भनेर जानिने जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्यान्डसँगको सम्बन्ध बढाउन कदम चालेको छ । यी मुलुकका नेताहरू नाटो शिखर सम्मेलनहरूमा उपस्थित हुँदै आएका छन् ।
रुटले गत हप्ता जापान टाइम्सलाई नाटोले सूचना साझेदारी र रक्षा–औद्योगिक सहयोग बढाएर यो साझेदारीलाई अर्को स्तरमा लैजान चाहेको बताएका थिए ।
“हामीले संयुक्त घोषणाहरूभन्दा अगाडि बढ्नुपर्दछ... यसलाई व्यावहारिक बनाऔँ”, गत अक्टोबरमा नाटो प्रमुख बनेका डच नागरिक रुटले भने ।
जापानले युरोपका देशहरूसँग सैन्य सहयोग बढाएको छ र गत नोभेम्बरमा टोकियो र युरोपेली सङ्घ (इयु) ले नयाँ सुरक्षा र रक्षा साझेदारीको घोषणा गरेका थिए । (एएफपी)

भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह

ट्रम्प भन्छन्- गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास…

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइन…

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

प्रतिक्रिया