नगर पुरस्कारसहित तीन स्रष्टा सम्मानित

धनगढी : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले भानुजयन्तीका अवसरमा आज विभिन्न विधामा क्रियाशिल तीन श्रष्टालाई नगद पुरस्कारसहित सम्मान गरेको छ । मन्त्रालयले भाषा, संस्कृति, साहित्य, नाट्य, सङ्गीत, ललितकलालगायत विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा सुदूरपश्चिम प्रदेशको छवि उच्च पार्न महत्वपूर्ण योगदान पुर्याउने तीन श्रष्टालाई सम्मान गरेको हो । सम्मानित हुनेमा साहित्यतर्फ डोटीको गडसेराका यज्ञराज जोशी यात्री, संस्कृतितर्फ बैतडीको मेलौलीका हरिप्रसाद जोशी र सङ्गीततर्फ बझाङ थलाराका नरेन्द्रराज रेग्मी हुन् ।
सुदूरपश्चिम प्रदेश प्रमुख अर्जुनबहादुर थापा र सामाजिक विकासमन्त्री लालबहादुर खड्काले उहाँहरुलाई जनही रु ७५ हजार सहित दोसल्ला र खादा ओढाएर सम्मान गरेका हुन् । विसं २०३० देखि यात्री साहित्य क्षेत्रमा संलग्न रहँदै आएका छन् । विसं २०४८ देखि जोशी निरन्तर रुपमा संस्कृति जगेर्ना गर्ने कार्यमा संलग्न छन् । त्यस्तै रेग्मीले विसं २०४५ देखि साङ्गीतिक क्षेत्रमा क्रियाशील रही योगदान दिँदै आएका हुन् ।
प्रतिभा सम्मान तथा पुरुस्कार कार्यविधि २०७७ बमोजिम प्रतिभावान् व्यक्तिको छनोट गरी सम्मान गरिएको सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत धर्मराज जोशीले बताए । रासस

पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_zjfVErxwTE_ghjmkierbmitu8bq5nw8udhta6uedanbq5rti2vaydqbqnbgv8gxzalpvl0a_lie23lTdps_2gab2x5qqoxl0ee26hmese5tgx7ihf6o7pdyvz5pqywb5v3cosuwvcrkgdpp_DphkoxqMaL_0ad5itffvzu3neuhcqfhivfp6gnn2aw9asausvcsbbztabgnghxddnw0hwhk_RzKyBw2z1D_stgheqsldumg6qa46hguc7a1nmfx8zp4elnmuxmuplhqlahmbrqd9jccc0ge.jpg)
बाढीको त्रास : लठ्ठागौरीका बासिन्दा त्रिपाल टाँगेर बस्न बाध्य

बाख्रापालनमा जमेका चन्द दम्पती

बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

बंगुरका पाठापाठी बेचेर वार्षिक १२ लाख आम्दानी

टीकापुरका महिला जनप्रतिनिधिहरू भन्छन्- आफ्नो भूमिकाको ज्ञान भयो

कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका

प्रतिक्रिया