डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत खस्दा कम्तिमा २७ जनाको मृत्यु, १५० घाइते

सान्तो डोमिङ्गो- डोमिनिकन रिपब्लिकको राजधानी सान्तो डोमिङ्गोस्थित जेट सेट नाइट क्लबको बिहान छत खस्दा कम्तिमा २७ जनाको मृत्यु भएको र १५० भन्दा बढी घाइते भएका छन् । घटनास्थलमा उद्धार कार्य तीव्र रूपमा चलिरहेको छ । चार सय भन्दा बढी उद्धारकर्मी र दर्जनौं एम्बुलेन्सहरू घाइतेहरूको उद्धारमा संलग्न छन् ।
प्रसिद्ध डोमिनिकन मेरेंग गायक रुबी पेरेज स्टेजमा प्रदर्शन गरिरहेका बेला अचानक अँध्यारो भयो र त्यहि समयमा क्लबको छत खस्दा थाल्यो । दुर्घटना हुँदा क्लबमा ५०० देखि एक हजार जनासम्म मानिस थिए ।
राष्ट्रपति लुइस अबिनाडेरले उद्धार कार्यलाई प्राथमिकता दिन घटनास्थलको अनुगमन गरे ।
आपतकालीन अपरेसन केन्द्र (सीओई) का निर्देशक जोआन मैनुअल मन्डेजले घटनामा २७ जनाको मृत्यु भएको पुष्टि गरे । उनले उद्धारकर्ताहरू उद्धारका लागि प्रयास जारी राखेको बताए । एम्बुलेन्सले १५० भन्दा बढी घाइतेहरूलाई अस्पताल पुर्याइएको उनले बताए ।
स्थानीय मिडियाले घटनास्थलमा निर्माण क्रेन प्रयोग गरिरहेको र उद्धारकर्मीहरूले मलबा हटाएर जीवित व्यक्तिहरूलाई खोज्ने कार्यमा केन्द्रित भएको उल्लेख गरेका छन् । राष्ट्रपति अबिनाडेरले सरकार उद्धार कार्यको निरन्तर अनुगमन गरिरहेको र सबै राहत एजेन्सीहरूले घाइतेहरूको मद्दतमा जुटेको बताए । (एएफपी)

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

प्रतिक्रिया