इन्फिनिटी लघुवित्तले अब कर्जा लगायत अन्य भुक्तानीहरू सिधै सदस्यको बैंक खातामा भुक्तानी गर्न सकिने

इन्फिनिटी लघुवित्तले आफ्नो आन्तरिक प्रणालीमा एनसीएचएलको नेपाल पेमेन्ट इन्टरफेस (NPI) जोडी डिजिटल कारोबार शुरु गरेको छ । यसैसँग इन्फिनिटी लघुवित्त एनपीआईमार्फत आफ्नो प्रणालीबाट कर्जाको भुक्तानी गर्ने पहिलो लघुवित्त बनेको छ । इन्फिनिटी लघुवित्तले अब NCHL IPS र RPS प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता भुक्तानी लगायतका विभिन्न संकलनका करोबारहरु गर्न सक्नेछन् । साथै तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खातामा सोझै गर्न सक्नेछन् । इन्फिनिटी लघुवित्तले NPI मार्फत आफ्नो शाखाहरुको बैंक खातामा भएको रकम सहजै सेन्ट्रलाइज गर्न समेत सक्नेछन् ।

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

प्रतिक्रिया