बालेनले भनेः महानगर कसैले फोहोर गर्छ भनेर जरिवाना तिराउन महानगर बस्दैन, सार्वजनिक स्थानमा फोहोर नहोस

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राप्रपाले आजको कार्यक्रमा सफा गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । मंगलबार राप्रपाले बल्खुमा आमसभा आयोजना गरेको थियो । आयोजना पश्चात राप्रपाका कार्यकर्ताले सफा गरेका थिए ।
‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौँ महानगरकाका मेयर बालेनलाई फोहोर भयो भनेर चिठी काटेर हिरो नबन्न अनुरोध गरेका थिए । उनले कार्यकर्तालाई बाटोमा फोहोर भए सबै सफा गरेर जान पनि निर्देशन दिएका थिए ।

डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए

सर्लाही कांग्रेस सभापतिको विद्यालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनालाइ लगा…

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरीक्षक थापा

गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने

सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई आठौं मानार्थ विद्यावारि…

यस्तो छ आज तपाइको भाग्य

प्रतिक्रिया