हत्या गरी साधुको भेषमा लुकी हिड्ने लोकनाथ १७ वर्षपछि पक्राउ

काठमाडौं - हत्या गरेर साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ परेका छन्। पर्साको विन्दवासिनी गाउँपालिका-२ का ६२ वर्षीय लोकनाथ साह तेलीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार २०६४ वैशाख २५ गते तेलिले साविकको बहुअर्वाभाठा गाविस-५ बस्ने ढोडा मुखिया विनलाई जग्गा सम्बन्धी विवादका विषयमा छलफल गर्न बोलाई गोली प्रहार गरेका थिए। हत्या गरेपश्चात तेली फरार थिए।
सर्वोच्च अदालतको २०६९ कात्तिक २४ गतेको फैसला आदेशले साविक मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३ (१) बमोजिम सर्वस्वसहित जन्मकैद ठहर भएको थियो।
हत्यापश्चात फरार रहेका उनी भारतस्थित चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा पुजारीका रुपमा १० वर्षदेखि साधुको भेषधारण गरी लुकिछिपी बस्दै आएका थिए। उनलाई २०८१ चैत २५ गते पर्साको वीरगन्जबाट पक्राउ गरिएको हो। तेलीलाई फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा पेश गरिएको छ ।

शिकारीबासमा फोन गर्न रुख चढ्नुपर्ने !

निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

'६०० मिलियन वर्ष पहिले एक दिन २४ घण्टा होइन, २१ घण्टाको हुन्थ्यो'

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

प्रतिक्रिया