शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

काठमाडौँ- पठाओ नेपालले नयाँ वर्ष २०८२ को अवसरमा ‘पठाओ पार्सल डेलिभरी महोत्सव– न्यू इयर बोनाञ्जा’ सुरु गरेको छ । ‘सस्तो दर, भरपर्दो डेलिभरी’ भन्ने नारासहित यही चैत २५ देखि वैशाख १७ गतेसम्म महोत्सव सञ्चालन हुने पठाओ नेपालले जानकारी दिएको छ । 

महोत्सवका अवसरमा पठाओ नेपालले काठमाडौँ उपत्यकाभित्र रहेका व्यावसायिक व्यापारीलाई लक्षित गरी विभिन्न उपहार र योजना ल्याएको  पठाओ नेपालकी निर्देशक सुरक्षा हमालले बताइन् । उनले भनिन्, “नेपालको प्रमुख चुनौती नै लजिस्टिक्स हो । पठाओले त्यो चुनौती समाधान गर्दै, साना व्यवसायको पहुँच मुलुकभर विस्तार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।” कम्पनीले यस अभियानलाई लजिस्टिक्स क्षेत्रलाई आधुनिकिकरण गर्दै व्यवसायहरूलाई सशक्त बनाउने एक अवसरको रूपमा लिएको जनाएको छ ।

पठाओको नयाँ योजनामा नयाँ दर्ता हुने सबै व्यापारीहरूले पहिलो ५० अर्डरसम्म तीन केजीसम्मका पार्सल नेपालभर निःशुल्क पठाउन सक्नेछन् । कम्पनीका अनुसार अप्रिल र मे महिनामा डेलिभरी शुल्कमा छुट दिँदै काठमाडौँ उपत्यकाभित्रको डेलिभरीका लागि तीन केजीसम्म ५९ रुपैयाँ र काठमाडौँ उपत्यका बाहिरका लागि ७९ रुपैयाँ तोकिएको छ ।

साथै, महोत्सव अवधिभर २०० भन्दा बढी अर्डर गर्ने १० जना व्यापारीहरूले ५० बराबरको फेसबुक एड क्रेडिट जित्न सक्नेछन् । त्यस्तै, दैनिक अर्डर गर्ने व्यापारीहरूमध्ये हरेक हप्ता एक जनाले १०० वटा निःशुल्क डेलिभरी भाउचर जित्नेछन् भने हरेक दिन विभिन्न गिफ्ट ह्याम्पर वा शपिङ भाउचर जित्न सक्नेछन् ।

पठाओले व्यापारीहरूका लागि २४ घण्टामा फन्ड सेटलमेन्ट, २४ घण्टा ग्राहक सेवा सपोर्ट र व्यावसायिक ड्यासबोर्ड सुविधा समेत उपलब्ध गराएको जनाएको छ । जसले गर्दा उनीहरूले अर्डर, भुक्तानी र ट्रयाकिङ सजिलै गर्न सक्नेछन् । सहभागी हुन चाहने व्यापारीहरूले पठाओ पार्सलको वेबसाइटमार्फत अनलाइन दर्ता गर्न सक्नेछन् वा ०१–५९७०७९९ नम्बरमा सम्पर्क गर्न सक्ने जनाइएको छ ।

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घोषणा

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता पत्रमा हस्ताक्षर

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…