देउवाले बनाए पाँच सदस्यीय मन्त्रिपरिषद्
गृहमा खाण, अर्थमा शर्मा

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले पद तथा गोपनीयताको शपथ लिएसँगै चार नेतालाई मन्त्रीमा नियुक्त गरेका छन् । उनीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवा र नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । योसँगै देउवा नेतृत्वको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ ।
देउवाले बालकृष्ण खाणलाई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्रीमा नियुक्त गरेका छन् । पम्फा भुसाल ऊर्जामन्त्री र जनार्दन शर्मा अर्थमन्त्री नियुक्त भएका छन् । खाण र कार्की कांग्रेसबाट र शर्मा र भुसाल माओवादीबाट मन्त्री नियुक्त भएका हुन् ।

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रतिक्रिया