नेतन्याहूले ट्रम्पसँग कर छुटका लागि आग्रह गर्ने

वासिङ्टन- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सोमबार ह्वाइट हाउसमा भेटवार्ता गरेका छन् । उनी विश्वलाई तरङ्गित पारेको अमेरिकी करबाट मुक्त हुन व्यक्तिगत रूपमा अनुरोध गर्ने पहिलो विदेशी नेता बनेका छन् ।
गत जनवरीमा अमेरिकी राष्ट्रपति ट्रम्प सत्तामा फर्केपछि दोस्रो पटक ट्रम्पसँग भेटवार्ता गरेका नेतान्याहुले इरान र गाजाविरूद्धको अभियानका लागि पनि थप सहयोग खोज्नुहुने अनुमान गरिएको छ । उनीहरूबीचको छलफलबारे तत्काल केही कुरा सार्वजनिक भने हुन बाँकी छ । इजिप्ट, कतारलगायत अमेरिकाको मध्यस्थतामा भएको गाजा युद्धविराम अवरूद्ध भएको अवस्थामा उनीहरूबीच भेटवार्ता भएको हो ।
फ्लोरिडामा गल्फ खेलसकेर फर्कने क्रममा आइतबार एयर फोर्स वानमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भने, “हामी व्यापारको बारेमा स्पष्ट कुरा गर्न गइरहेका छौँ ।”
“मध्यपूर्वमा अहिले धेरै कुरा भइरहेका छन्, जसलाई शान्त बनाउनुपर्छ,” उनले भने ।
नेतन्याहूले आइतबार राति अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिक र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरसँग भेटवार्ता गरेका छन् ।
इजरायली प्रधानमन्त्रीले सोमबार ट्रम्पका मध्यपूर्वका विशेष दूत स्टिभ विटकोफसँग पनि भेटवार्ता गरेका थिए ।
हङ्गेरीको भ्रमणबाट सीधै वासिङ्टन आइपुगेका नेतन्याहूको मुख्य उद्देश्य ट्रम्पलाई यो निर्णय उल्ट्याउन वा इजरायली आयातमा लगाइने १७ प्रतिशत करलाई कम गर्न राजी गराउने प्रयास गर्नु रहेको छ ।
बुडापेस्ट छोड्नुअघि नेतन्याहूले आफ्नो वार्तामा ‘इजरायलमाथि लगाइएको कर प्रणाली’ लगायत विभिन्न विषयमा छलफल हुने बताएका थिए ।
“म पहिलो विदेशी नेता हुँ जसले राष्ट्रपति ट्रम्पसँग अमेरिकी करनीति र इजरायलको अर्थतन्त्रका बिषयमा भेट्नेछु,” उनले भने ।
“मलाई विश्वास छ यसले विशेष व्यक्तिगत सम्बन्ध र संयुक्त राज्य अमेरिका र इजरायलबीचको अद्वितीय बन्धनलाई प्रतिबिम्बित गर्दछ र यो यतिवेला धेरै महत्त्वपूर्ण छ । नेतन्याहू र ट्रम्पबीच बिहीबार पनि फोनमा कुराकानी भएको थियो ।
भेटअघि विश्लेषकहरुले नेतन्याहूले इजरायललाई करबाट छुट दिलाउने प्रयास गर्ने बताएका थिए ।
तेल अभिवस्थित बार इलान युनिभर्सिटीका राजनीतिक अध्ययन प्रमुख जोनाथन रिन्होल्डले भने, “यो भ्रमण संस्थागत हुनुभन्दा अघि नै यसलाई रोक्ने सन्दर्भमा भ्रमणको तात्कालिकता अर्थपूर्ण छ ।”
उनले भने “यस्तो छुटले ट्रम्पको मध्यपूर्वको सबैभन्दा नजिकको सहयोगीलाई मात्र फाइदा पुर्याउने छैन, इजरायलको ख्याल राख्ने अमेरिकी कङ्ग्रेसमा रिपब्लिकनहरूलाई पनि खुसी पार्नेछ तर यस बिन्दुमा रिपब्लिकनहरू पनि कतिपय अवस्थामा ट्रम्पको सामना गर्न इच्छुक देखिँदैनन्।” (एएफपी)

एउटा यस्तो परिवार, जुन परिवारका १७ वर्षभित्र १० जनाले गरे आत्महत्या

युद्ध बंकरबाट पहिलो पटक निस्के इरानी सर्वोच्च नेता खामोनी

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने 'ओपेक प्लस'को रणनीति

भन्सार शुल्कमा ट्रम्पसँग ‘सजिलै सम्झौता’ नगर्ने जापानी प्रधानमन्त्रीको भनाइ

टेक्सास बाढी : मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
इयू–चीन व्यापार द्वन्द्व : चीनद्वारा प्रतिशोधात्मक प्रतिबन्धको घोषणा

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै

प्रतिक्रिया