कुरा मिल्यो, शपथ ग्रहण अगाडि बढ्यो, ओली आएनन्

काठमाडौँ : बल्ल प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम राष्ट्रपति कार्यालय शीतल निवासमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी नियुक्ति पत्रमा लेखिएको भाषा सच्याउन तयार भएपछि शपथ ग्रहण कार्यक्रम अघि बढेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको परमादेश अनुरुप प्रधानमन्त्रीमा नियुक्त गरिएको छ भन्ने भाषा प्रयोग गरेकी थिइन् । त्यसमा असन्तुष्टि जनाउँदै देउवाले संविधानको धारा ७६(५) अनुरुप प्रधानमन्त्री नियुक्त गरिएको छ भन्ने भाषासहित पुन: नियुक्ति पत्र नदिए शपथ ग्रहण नगर्ने अडान लिएका थिए ।
देउवाको अडानपछि साँझ ६ बजेका लागि तय भएको शपथ ग्रहण हुन सकेको थिएन । शपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहभागी छैनन् ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया