मुलुकमा जटिल अवस्था आएपछि मुख्य प्रतिस्पर्धी दल एकै ठाउँमा आयौँः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा जटिलता थपिन लागेपछि मूल प्रतिस्पर्धी दल एकै ठाउँमा आउनुपरेको बताएका छन् । सोमबार काठमाडौंमा फोरियन अफेयर्स मिडियाद्वारा आयोजित ‘हिमालयन डायलग’को पहिलो शृङ्खला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशको अवस्था संक्रमणकालीन र जटिल हुन थालेपछि मूल प्रतिस्पर्धी दल एकै ठाउँमा मिलेर राष्ट्रका समस्या समाधान गर्न तयार भएको बताएका हुन्।
प्रतिस्पर्धामा रहेका दुई दल एकै ठाँउ आउनु राष्ट्रिय एकताका लागि ठूलो कदम भएको उनले बताएका हुन् । प्रधानमन्त्री ओलीले पार्टीभित्र अनेक समस्या रहे पनि देशको आन्तरिक नीति, अन्तर्राष्ट्रिय सम्झौता गर्दा सबै एक ठाउँ रहेको धारणा राखे ।
उनले पराजित सामन्तवादले टाउको उठाउन खोजिरहेको अवस्थामा संविधानअन्तर्गत शपथ खाएर संसद आएर संविधान मान्दिन भन्नु इमानदारिताको खडेरीपन हुने जिकिर गरे । प्रधानमन्त्री ओलीले शिक्षक लगाएत सवैको जायज मागलाई वर्तमान सरकारले सुन्ने भन्दै सडकमा कसैले दुःख पाइरहनु नपर्ने स्पष्ट पारे ।
शिक्षकहरुको मागलाई सम्वादका माध्यमबाट यथोचित सम्बोधन गर्ने उनले बताए । प्रधानमन्त्री ओलीले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तराष्ट्रिय सम्बन्ध र त्यसका केही दायित्वहरु निर्वाह गर्न लागेको बताए । उनले आदर्श कमजोर र स्वार्थ हाबी हुँदै गएको विश्वमा राष्ट्रिय हितलाई ध्यान दिँदै विश्वकै सुरक्षा र मानवीय हितमा आफ्नो तर्फबाट योगदान दिन सक्नुपर्नेमा जोड दिए । भूराजनीतिका नाममा आफ्नो कमजोरी ढाक्ने काम गर्न नहुने उल्लेख गर्दै उनले भूराजनीतिक सचेतनाका साथ राष्ट्रिय हितलाई अगाडि बढाउन आवश्यक रहेको बताए ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया