मनास्लु क्षेत्रमा बेलायती पर्यटकको मृत्यु, २४ घण्टादेखि हुन सकेन उद्धार

गोरखा- मनास्लु क्षेत्र घुम्न आएका एक बेलायती नागरिकको मृत्यु भए पनि अझै उद्धार हुन सकेको छैन ।
डिजाएर एडभेन्चर ट्रेकिङ एजेन्सीमार्फत मनास्लु क्षेत्र घुम्न गएका लायती नागरिक थोम्पसन इयानको हिजो मृत्यु भएको हो ।
चुमनुव्री गाउँपालिका–१ लार्केमा आइतबार मृत्यु भएका इयानको आज उद्धार गरिने जनाइएको छ । हिजो घटनास्थलमा हेलिकप्टरबाट प्रहरी पठाउने तयारी गरे पनि मौसम प्रतिकूलताका कारण उडान हुन नसकेपछि उनको २४ घण्टादेखि उद्धार हुन नसकेको हो ।
प्रहरी चौकी सामागाउँबाट घटनास्थल पुग्न झन्डै ६ घण्टाको पैदल यात्रा लाग्छ । मौसम अनुकूल भएमा आजै प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान अघि बढाउने रखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।
प्रतिक्रिया