खाली हुँदै प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहणस्थल

काठमाडौँ : प्रधानमन्त्रीमा नियुक्त गरिएको पत्रमा संविधानको धारा उल्लेख नगरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले आपत्ति जनाएपछि साँझ ६ बजे तय भएको शपथ ग्रहण कार्यक्रम अझै सुरु हुन सकेको छैन ।
लामो समयसम्म राष्ट्रपति कार्यालय र सत्तारुढ दलका नेताहरूबीच पत्रको भाषामा कुरा नमिलेपछि शपथ ग्रहणमा सहभागी राजनीतिक दलका नेताहरू र सरकारका विशिष्ट पदाधिकारीहरू कार्यक्रम स्थलबाट बाहिरिन थालेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको परामादेश अनुरुप प्रधानमन्त्रीमा नियुक्त गरिएको भन्ने भाषा नियुक्ति पत्रमा उल्लेख गरेकी थिइन । तर, देउवाले संविधानको धारा ७६ (५) अनुरुप भनेर नलेखेसम्म पद तथा गोपनीयताको शपथ नलिने अडान लिइरहेका छन् ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया