इजरायलले किन लियो दुई बेलायती सांसदलाई हिरासतमा ?

तेलअहिब- इजरायलले दुई बेलायती सांसदलाई आफ्नो देशमा प्रवेश गर्ने प्रक्रिया अस्वीकार गर्दै विमानस्थलमै हिरासतमा राखेको छ ।
बेलायती विदेशमन्त्री डेभिड ल्यामीले यस घटनामा प्रतिक्रिया दिँदै बेलायती संसदका सदस्यलाई यस्तो व्यवहार गर्न नहुने बताएका छन् । वास्तवमा लेबर पार्टीका सदस्य र बेलायती सांसद युआन याङ र अब्तिसाम मोहम्मद दुवै इजरायल पुगेका थिए। तर, इजरायली सरकारले उनीहरू दुवैले सुरक्षा बलको गतिविधिलाई ‘डकुमेन्ट’ गर्ने र ‘इजरायलविरुद्ध घृणा फैलाउने’ योजना बनाएको भन्दै उनीहरूलाई देश प्रवेशको अनुमति दिन अस्वीकार गरेको हो ।
अर्ली र वुडलीका सांसद युआन याङ र शेफिल्ड सेन्ट्रलका सांसद अब्टिसाम मोहम्मद दुवै बेलायतबाट इजरायल गएका थिए। उनी संसदीय प्रतिनिधि मण्डलको सदस्य भएर त्यहाँ पुगेका थिए तर इजरायल सरकारले उनलाई विमानस्थलमै हिरासतमा लिएको हो । बेलायती विदेशमन्त्री डेभिड ल्यामीले यस घटनाप्रति कडा प्रतिक्रिया दिँदै यो बेलायती सांसदहरूमाथि अन्याय भएको बताए ।
उनले भने, ‘हामीले इजरायली सरकारसँग यस विषयमा आफ्नो अडान स्पष्ट गरिसकेका छौं र दुवै सांसदसँग रातभर सम्पर्क राखेका छौं, ताकि उनीहरूलाई समर्थन गर्न सकियोस्।’
बेलायती सरकारले युद्ध र हिंसालाई रोक्न मध्यपूर्वमा युद्धविराम र शान्ति प्रक्रियामा फर्कनेमा आफ्नो ध्यान केन्द्रित गरेको बताएको छ। इजरायलले याङ र मोहम्मदले त्यहाँको सुरक्षा गतिविधिको अनुगमन गरेको र इजरायल विरोधी प्रचार फैलाएको आरोप लगाएको छ ।
यद्यपि, बेलायती सांसदहरूले आफूहरू नियमित संसदीय भ्रमणमा मात्रै रहेको र उनीहरूको उद्देश्य शान्ति प्रक्रियामा सघाउने रहेको बताएका छन्। बेलायत र इजरायलबीचको यो तनावपूर्ण अवस्था अझ जटिल हुनसक्छ किनभने बेलायतले बेलायती संसदका सदस्यहरूविरुद्धको यो कारबाहीलाई अस्वीकार्य र असंवेदनशील भनेको छ।
बेलायती सरकार यस विषयमा इजरायली सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ। यो घटनापछि दुई देशको सम्बन्धमा केही तनाव आउन सक्छ तर छिट्टै समाधान हुने अपेक्षा गरिएको छ । यो विवादले बेलायतमा राजनीतिक सर्कलमा मात्रै होइन, आम जनतामा पनि आक्रोशको लहर पैदा गरेको छ । अब इजरायली सरकारले यस विषयमा कस्तो प्रतिक्रिया दिन्छ र बेलायती सांसदहरू त्यहाँबाट छिट्टै रिहा हुन्छन् कि भनेर हेर्न बाँकी छ।

एउटा यस्तो परिवार, जुन परिवारका १७ वर्षभित्र १० जनाले गरे आत्महत्या

युद्ध बंकरबाट पहिलो पटक निस्के इरानी सर्वोच्च नेता खामोनी

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने 'ओपेक प्लस'को रणनीति

भन्सार शुल्कमा ट्रम्पसँग ‘सजिलै सम्झौता’ नगर्ने जापानी प्रधानमन्त्रीको भनाइ

टेक्सास बाढी : मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
इयू–चीन व्यापार द्वन्द्व : चीनद्वारा प्रतिशोधात्मक प्रतिबन्धको घोषणा

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै

प्रतिक्रिया