तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- अर्थसहित तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।
जसअनुसार अर्थ समितिको बैठकमा आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरिनेछ, जुन बैठक बिहान ११:०० बजेबाट सुरू हुनेछ ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक भने बिहान १०:०० बजेबाट सुरू हुनेछ । जुन बैठकमा मध्यबर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्था सबन्धमा स्थलगत अनुगमन बारे छलफल हुनेछ ।
उता, दिउँसो ३:०० बजेदेखि सुरू हुने महिला तथा सामाजिक मामिला समितिको बैठकमा भने मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया