रवि लामिछानेलाई ल्याइयो रुपन्देही

लुम्बिनी- हिजो साँझ पुनः पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रूपन्देही ल्याइएको छ । यती एयरलाइन्सको विमानमार्फत बिहान ९:१२ बजे लामिछानेलाई रूपन्देही ल्याइएको हो ।
उच्च अदालत, बुटवलले पुनः पक्राउ गर्न आदेश दिए लगत्तै हिजो साँझ पक्राउ परेका थिए ।
उनलाई हिजो रातभर जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँको हिरासतमा राखिएको थियो ।
उच्च अदालत, बुटबलका न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीको इजलाशमा सुनुवाई सकिए पछि पुनः पक्राउको आदेश दिइएको थियाे ।
बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा जिल्ला अदालतले जोशीलाई थुनामा पठाएको थियो भने लामिछानेसँग १ करोड धरौटी माग गरेको थियो । सो आदेशविरुद्ध दुवै जना उच्च गए पनि अन्ततः फेरि थुनामा गएका हुन् ।
सो सहकारीको ठगीमा आफु संलग्न नै नहुँदा पनि धेरै धरौटी मागिएको भन्दै लामिछानेले साधारण तारेखको माग गरेर उच्च गएका थिए, तर परिणाम उल्टो भयो ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया