रवि पक्राउपछि एमाले महासचिवको प्रश्न :आफ्ना पालामा सुधार किन नगरेको ?

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानुन सबैको लागि बराबर हुने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अदालतले थुनामा राख्ने आदेश दिएपछि शुक्रबार राति लामिछानेलाई प्रहरी घरमा नै गएर पक्राउ पुर्जी काटेको विषयलाई लिएर रास्वपाका नेताहरूले षडयन्त्र भएको लगायतका टिप्पणी गरेपछि महासचिव पोखरेलले प्रहरीको पक्राउ पुर्जी काट्ने रीतिथिति लामिछाने गृह मन्त्री हुँदा पनि त्यस्तै भएको बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले गृहमन्त्री भइसकेका लामिछाने र रास्वपा नेताहरू यस विषयमा जानकार नै भएका उल्लेखसमेत गरेका छन् । आफूलाई पर्दा मात्र सुधारको खोजी गर्नुको कुनै अर्थ नहुने उनले स्पष्ट पारेका छन् ।
‘प्रहरीको पुर्जी काट्ने ‘रीति र थिति’ रवीजी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने रास्वपाका नेताहरूलाई थाहा नहुने कुरै भएन, तर पनि सुधारको खोजी यस्तै वेलामा हुने त हो नि’, पोखरेलले लेखेका छन् ।
रास्वपा सभापति रवि लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा उच्च अदालतले थुनामा राखेर कारबाही अघि बढाउन शुक्रबार आदेश दिएको थियो । यस अघि जिल्ला अदालतले धरौटीमा छाड्ने गरी दिएको आदेशलाई उल्टाउँदै उच्च अदालतले सो आदेश दिए लगत्तै शुक्रबार साँझ लामिछानेलाई प्रहरीले बुढानीलकण्ठस्थित उनको घरबाट नै पक्राउ गरेको हो ।
रास्वपाले संसदमा झनै भिजिट भिसा प्रकरणमा आन्दोलन चर्काउने

तीन दलका शीर्ष नेताको बैठक बस्दै

चिनी बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको त होइन ?: डा. कोइराला

पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल
रास्वपाले भन्यो: भिजिट भिसा प्रकरणमा ठगिएका २ हजार नेपाली सम्पर्कमा हुनुहुन्छ

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, धाेबिखाे…

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट …

प्रतिक्रिया