ट्रम्पको कर कटौतीका लागि अमेरिकासँग वार्ता गर्दै इजरायल

जेरुसेलम- इजरायलले आफ्नो मुख्य सहयोगी अमेरिकासँग राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउनुभएको विश्वव्यापी भन्सार शुल्क घटाउन वार्ता गरिरहेको त्यहाँका अर्थमन्त्रीले बताएका छन् ।
इजरायलले अमेरिकी आयातमा बाँकी रहेका सबै भन्सार शुल्कहरू हटाएको एक दिनपछि ट्रम्पले यस हप्ता आफ्ना मित्र र शत्रुहरू दुवैलाई आफ्नो व्यापक ‘मुक्ति दिवस’ भन्सार शुल्कहरूद्वारा समान रूपमा प्रहार गरेको घोषणा गरेका छन् ।
ट्रम्पले प्रमुख व्यापार साझेदारहरूका लागि केही कडा भन्सार शुल्कहरू आरक्षित गरे भने अमेरिकी सैन्य सहायताको शीर्ष लाभार्थी इजरायलबाट आएका सामानहरूमा १७ प्रतिशत भन्सार शुल्क लगाए ।
“अर्थ मन्त्रालयले अमेरिकी प्रशासनसँग भन्सार शुल्कको दायरा घटाउने र इजरायली उद्योगमा उनीहरूको प्रभाव कम गर्ने उद्देश्यले निरन्तर वार्ता गरिरहेको छ”, अर्थमन्त्री बेजलेल स्मोट्रिचले बिहीबार एक्समा लेखे ।
स्मोट्रिचले मार्चमा वासिङ्टनमा आफ्ना अमेरिकी समकक्षी स्कट बेसेन्टसँग भेट गरेका थिए ।
मङ्गलबार उनले अमेरिकी आयातमा इजरायलको सबै बाँकी भन्सार शुल्क हटाउने घोषणा गर्नुभयो । यसले अझै पनि तिनीहरूको अधीनमा रहेका अमेरिकी सामानहरूको एक प्रतिशतलाई असर गरेको छ ।
ट्रम्पले आफ्नो भन्सार शुल्क घोषणा गरेपछि इजरायली कार्यकारीले आफ्नै भन्सार शुल्क हटाएकोमा कडा आलोचना सामना गर्नुपरेको छ ।
“स्मोट्रिच अमेरिकाबाट इजरायलमा आयातमा सबै भन्सार शुल्क हटाउन हतारिनुभयो र जवाफमा इजरायलबाट अमेरिकामा सामानहरूको आयातमा १७ प्रतिशत भन्सार शुल्क पाए । प्रतिभाशाली”, मध्यमार्गी इजरायली सांसद भ्लादिमिर बेलिआकले एक्समा लेखे ।
इजरायलको निर्माता सङ्घ (एमएआई) ले ट्रम्पको भन्सार शुल्क घोषणाले सङ्घलाई पूरै आश्चर्यमा पारेको बताएको छ ।
“भन्सार शुल्क लागु गर्नु सम्भवतः इजरायलसँगको अमेरिकी व्यापार घाटासँग सम्बन्धित छ जस्तो देखिन्छ”, एमएआईले एक विज्ञप्तिमा भन्यो ।
बिहीबार छुट्टै विज्ञप्तिमा एमएआईले यो निर्णयले इजरायलको अर्थतन्त्रका लागि ‘ठूलो चुनौती’ खडा गरेको बताएको छ ।
एएमआईले ‘इजरायलको छूट सुनिश्चित गर्न र÷वा लगाइएको करहरू कम गर्न’ अमेरिकी र इजरायली अधिकारीहरूसँग सम्पर्कमा रहेको पनि बताएको छ ।
अमेरिकी वाणिज्य मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२४ मा संयुक्त राज्य अमेरिकाको इजरायलसँग लगभग सात अर्ब डलरको व्यापार घाटा थियो । (एएफपी)

एउटा यस्तो परिवार, जुन परिवारका १७ वर्षभित्र १० जनाले गरे आत्महत्या

युद्ध बंकरबाट पहिलो पटक निस्के इरानी सर्वोच्च नेता खामोनी

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने 'ओपेक प्लस'को रणनीति

भन्सार शुल्कमा ट्रम्पसँग ‘सजिलै सम्झौता’ नगर्ने जापानी प्रधानमन्त्रीको भनाइ

टेक्सास बाढी : मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
इयू–चीन व्यापार द्वन्द्व : चीनद्वारा प्रतिशोधात्मक प्रतिबन्धको घोषणा

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै

प्रतिक्रिया