डीपी अर्याल पुन: रास्वपाको कार्यवाहक सभापति

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले पाएका छन्।
सहकारी ठगी प्रकरणमा सभापति रबि लामिछाने पुन: पक्राउ परेपछि अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन्।
उच्च अदालत बुटबलले लामिछानेलाई पुन: थुनामा राख्ने आदेश दिएपछि गएराति उनी पक्राउ परेका थिए ।
पक्राउ परे लगत्तै सभापति लामिछानेले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिएको रास्वपाले जनाएको छ ।
लामिछानेलाई आजै रूपेन्देही लगिँदैछ । रातभर उनी काठमाडौँ हिरासतमा थिए ।

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

प्रतिक्रिया