दुई छोरासहित हमासका वरिष्ठ नेताको मृत्यु

बेरुत- लेबनानको सिडोनस्थित एक अपार्टमेन्टमा शुक्रबार भएको इजरायली ड्रोन आक्रमणमा हमासका वरिष्ठ अधिकारी हसन फरहत र उनका दुई छोराको मृत्यु भएको लेबनानी सेना र अल जदीद टिभी च्यानलले जनाएको छ ।
इजरायली ड्रोनले मध्य सिडोनको अल–जहरास्थित हमास नेता हसन फरहत बस्ने अपार्टमेन्टमा क्षेप्यास्त्र प्रहार गरेको लेबनानको सुरक्षा स्रोतले जनाएको छ । क्षेप्यास्त्र प्रहारबाट अपार्टमेन्टमा आगलागी हुदाँ फरहत र उनका दुई छोराको मृत्यु भएको स्रोतले जनाएको छ ।
अपार्टमेन्टमा फैलिएको आगो अग्नि नियन्त्रक तथा नागरिक सुरक्षाका कर्मचारीहरूले निभाएको तथा लेबनानी रेड क्रसका एम्बुलेन्सले शवहरू अस्पताल पुर्याएको रिपोर्ट गरिएको छ ।
सन् २०२४ नोभेम्बर–२७ मा सुरु भएको हमला हेजबुल्लाह र इजरायलबिचको युद्धविरामको बावजुद इजरायली सेनाले लेबनानको सिमानाका पाँच प्रमुख बिन्दुहरूमा सैन्य उपस्थिति कायम राखी आक्रमण गरिरहेको छ । (सिन्ह्वा)

एउटा यस्तो परिवार, जुन परिवारका १७ वर्षभित्र १० जनाले गरे आत्महत्या

युद्ध बंकरबाट पहिलो पटक निस्के इरानी सर्वोच्च नेता खामोनी

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने 'ओपेक प्लस'को रणनीति

भन्सार शुल्कमा ट्रम्पसँग ‘सजिलै सम्झौता’ नगर्ने जापानी प्रधानमन्त्रीको भनाइ

टेक्सास बाढी : मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
इयू–चीन व्यापार द्वन्द्व : चीनद्वारा प्रतिशोधात्मक प्रतिबन्धको घोषणा

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै

प्रतिक्रिया