भ्रष्टाचारीलाई कारबाही गर्नुपर्नेमा नेताहरुको जोड

काठमाडौँ- विभिन्न राजनीतिक दलका नेताले देशमा सुशासन कायम गर्न कुनै पक्षपात नगरी भ्रष्टाचारीलाई कानुनबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार आयोजित साक्षात्कारमा नेताहरुले पार्टीको नेता वा कार्यकर्ता भएकै आधारमा सरकारले बचाउ गर्न नहुने बताए । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले वर्तमान समाजलाई भ्रष्टाचारमुक्त बनाउन कम्युनिष्टहरुले पुरातनवादी सोच र व्यवहारमा परिवर्तन ल्याउनुपर्ने धारणा राखे ।
नेकपा(बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले भ्रष्टाचार अन्त्य गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने धारणा राखे ।
महासचिव बास्तोलाले भने, “भ्रष्टाचार अन्त्य गर्न ५१ प्रतिशत मतबाट जननिर्वाचित प्रमुख नभए देशमा भ्रष्टाचार अन्त्य हुन सक्दैन ।”
वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले भ्रष्टाचार अन्त्यका निम्ति व्यापक जनदबाब दिन जरुरी रहेको बताए ।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका नेता जागृत रायमाझीले भ्रष्टाचारको अन्त्य गर्न वैज्ञानिक समाजवादी व्यवस्था एकमात्रै विकल्प रहेको धारणा राख्नुभयो । -रासस

सबै समस्याको समाधान गर्न देशको आर्थिक अवस्था सुधार गर्न जरुरी छः लक्ष्मी महतो क…

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम माथी छलफल जारी रहने

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

प्रतिक्रिया