जागिर खोज्नेहरुका लागि लर्डबुद्धको नयाँ वेबसाइट उपहार

काठमाडौं - नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेसनले रोजगारीमूलक नयाँ वेबसाइट शुभारम्भ गरेको छ । वेबसाइटले विद्यार्थीलाई आफूसँग मेल खाने रोजगारी अवसर खोज्न सहज बनाउनेछ। कम्पनीहरूलाई आवश्यक दक्षता उल्लेख गर्दै जागिरको अवसर प्रकाशित गर्ने सुविधा पनि यस वेबसाइटले प्रदान गर्छ। साथै, विद्यार्थीले आवश्यक सीप अभाव महसुस गरेमा वेबसाइटमै उपलब्ध सीपमूलक पाठ्यक्रमहरू पूरा गरेर आफूलाई रोजगारीका लागि योग्य बनाउन सक्नेछन्। वेबसाइटमै अन्तरवार्ताको तयारी पनि गर्न सकिनेछ।
लर्डबुद्ध एजुकेशन फाउण्डेसनको मैतिदेवीस्थित क्याम्पसमा आयोजित ‘ईम्पावरिङ फ्युचर्स’ कार्यक्रममा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले सो वेबसाइट (evolvetoday.info) सार्वजनिक गरेका हुन् ।
उनले रोजगारी र सीपको महत्वबारे चर्चा गर्दै एलबीईएफ कलेजको यो कदम शिक्षा र उद्योगबीचको दूरी घटाउने महत्वपूर्ण पहल भएको बताए । यस प्रकारको कार्यक्रमले रोजगारी खोजिरहेका व्यक्तिहरूलाई सक्षम बनाउने, अवसरहरू प्रदान गर्ने, तथा उज्ज्वल भविष्य निर्माण गर्न मद्दत गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई. पंकज जालानले बजारमा काम गर्ने कालिगढको कमी भएको भन्दै कामलाई ठूलो र सानो भनेर मुल्यांकन गर्ने प्रवृत्ति अन्त्य गर्न आवश्यक रहेको बताए । उनले नयाँ वेबसाइट र यस किसिमका रोजगारमूलक गतिविधिहरूले विद्यार्थीहरूलाई सही सीप, अवसर र उद्योगसँगको सम्बन्ध निर्माण गर्न सघाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा आईटी क्षेत्रका साझेदार कम्पनीहरूलाई सम्मान समेत गरिएको थियो।

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_VACWN8mahE_bdtehqpbpi5eeenqqihh0fhfuidv7t7auyiag7wjmpahdjrfdeafaji1uljp.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

प्रतिक्रिया