सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

मार्शल ल लगाउने दक्षिण कोरियाली राष्ट्रपति युन सुक पदमुक्त

काठमाडौँ- दक्षिण कोरियाको राष्ट्रपति युन सुक येओल पदमुक्त भएका छन् । 

संवैधानिक अदालतले युन सुक येओलले गत डिसेम्बरमा मार्शल ल घोषणा गरेर आफ्नो शक्तिको दुरुपयोग गरेको अभियोगमा पदमुक्त गरेको हो ।

सो अदालतले उनलाई स्थायी रूपमा पदबाट हटाएको फैसला सुनाएको छ ।

जब राष्ट्रपति यून सुक येओलले डिसेम्बर ३ मा मार्शल ल घोषणा गरे र सेनालाई संसद भवनदेखि अन्य निकायमा नियन्त्रणमा लिन आदेश दिएर देश र विश्वलाई चकित पारेका थिए।

तर, जनता, आफ्नो सेना र संसदका सदस्यहरूको प्रतिरोधलाई कम आँकलन गरेका उनले ६ घण्टापछि नै सो अर्डर फिर्ता लिन बाध्य भएका थिए। पछि उनलाइ संसदले महाअभियोग लगाएर निलम्बन गरेको थियो ।

तर संसदले निलम्बन गरेपनि संवैधानिक अदालतले अन्तिम निर्णय गर्नु पर्ने संवैधानिक ब्यवस्था अनुसार उनीमाथि संवैधानिक अदालतमा बहस चलिरहेको थियो । जुन बहस समाप्त भएपछि अदालतले उनी पदमुक्त भएको घोषणा गरेको हो ।