जसपा आज देउवा नेतृत्वको सरकारमा सहभागी नहुने

काठमाडौँ : जनता समाजवादी पार्टी(जसपा) आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले आज सरकारमा सहभागी नहुने निर्णय गरेको नेता महेन्द्र राययादवले जानकारी दिए ।
‘आजै हामी सरकारमा सहभागी नहुने निर्णय भएको छ,’ नेता राययादवले भने, ‘हाम्रो पार्टीका आधिकारिकता विवाद निर्वाचन आयोगमा छ । यसले सरकारमा सहभागी हुँदा असर गर्छ कि गर्दैन भनेर कानुन व्यवसायीहरूसँग छलफल गर्छौँ । त्यसपछि तय गर्छौ ।’ उनले कानुन व्यवसायीहरूले जाँदा कुनै असर गर्दैन भनेमा भोलि पनि हुन सक्ने, दुई/चार दिनपछि पनि सहभागी हुने बताए ।
बैठकमा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहका कार्यकारिणी समितिका काठमाडौँमा उपलब्ध सदस्यहरू सहभागी थिए ।
जसपामा एमालेलाई सहयोग गर्ने कि कांग्रेस, माओवादीसहितका दलहरू सम्मिलित गठबन्धनमा सहभागी हुनेमा विवाद छ । यादव समूहले कांग्रेस नेतृत्वको गठबन्धनलाई सघाएको थियो ।
भने अध्यक्ष महन्थ ठाकुर समूहले केपी शर्मा ओली र एमालेलाई सघाएको थियो । यही विषयमा देखिएको विवाद अहिले निर्वाचन आयोगसम्म पुगेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया