प्रधानमन्त्री ओलीले बिमस्टेक सम्मेलनलाई आज सम्बोधन गर्ने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सम्बोधन गर्दैछन् ।
गत चैत १९ गते सो सम्मेलनमा सहभागी हुन गएका प्रधानमन्त्री ओलीले बिमेस्टक सम्मेलनलाई सम्बोधन गर्न लागेका हुन् ।
थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्सँगको निमन्त्रणामा गत चैत १९ गते बैंकक गएका प्रधानमन्त्री ओलीले यस भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।
नेपाल र थाइल्याण्डकबीच ६५ वर्षदेखि रहेको कूटनीतिक सम्बन्ध रहे पनि नेपालको तर्फवाट सरकार प्रमुखको यो पहिलो औपचारिक भ्रमण हो । सो क्रममा प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्सको उपस्थितिमा ८ बुँदे समझदारी भएको थियो ।
प्रधानमन्त्री ओली चैत २३ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

माओवादीलाई विभाजन गर्न षड्यन्त्र र जालझेल भइरहेको छः अध्यक्ष प्रचण्ड

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री ओली

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

प्रतिक्रिया