'टर्कीमा डुङ्गा डुब्दा ९ आप्रवासी मृत फेला'

इस्तानबुल- टर्कीको पश्चिमी तटमा आप्रवासीहरूको डुङ्गा डुब्न थालेपछि बिहीबार नौ आप्रवासीको मृत्यु भएको र अन्य २५ जनालाई उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।
यो घटना बिहीबार बिहान अयभासिक जिल्लाको तटमा भएको स्थानीय गभर्नरको कार्यालय र तटरक्षकले बताएका छन् ।
“खोजी र उद्धार प्रयासको परिणाम स्वरूप नौ शव फेला परेका छन् र २५ जना आप्रवासीलाई उद्धार गरिएको छ”, बेपत्ता एक आप्रवासीको खोजी जारी रहेको उल्लेख गर्दै गभर्नरको कार्यालयले विज्ञप्तिमा भन्यो ।
आप्रवासीहरूको राष्ट्रियता तत्काल थाहा थिएन ।
सोही दिन ग्रिसको लेस्बोस टापुमा आप्रवासी बोकेको डुङ्गा डुब्दा तीन बालकसहित सात जनाको मृत्यु भएको र २३ जनालाई उद्धार गरिएको ग्रिसको तटरक्षकले जनाएको छ ।
डुङ्गामा लगभग ३० जना थिए र मौसम सामान्य हुँदा टर्कीको तटबाट छोटो दूरीमा पल्टिएको थियो ।
टर्कीको तटरक्षकको एक स्रोतले एएफपीलाई दुई दुर्घटना असम्बन्धित भएको बताएको छ ।
टर्कीको तट र युरोपेली सङ्घ (इयु) प्रवेश द्वारका रूपमा काम गर्ने नजिकैका ग्रीक द्वीपहरू सामोस, रोड्स र लेस्बोस बीचको छोटो तर खतरनाक मार्गमा जहाज दुर्घटनाहरू धेरै सामान्य छन् । (एएफपी)

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया