पाँच दिनपछि १२ घण्टाको प्रयासमा भग्नावशेषबाट जिउँदै निकालियो

म्यानमार- भत्किएको होटल भवनको भग्नावशेषबाट बुधबार एक २६ वर्षीय होटल कामदारको उद्धार गरिएको छ ।
गत साता गएको ७.७ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको ५ दिनपछि उक्त व्यक्तिको उद्धार गरिएको म्यानमारको प्रदेश प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ । भग्नावशेषमा दुई जना फसेको सूचना टोलीले जनाएको छ । म्यानमारको फायर सर्भिस डिपार्टमेन्ट र टर्कीका उद्धार टोलीले एक जनाको सकुशल उद्धार गरेका छन् ।
सो होटलमा मंगलबार स्थानीय समय अनुसार दिउँसो करिब ३ः०० बजे सुरु भएको उद्दार पक्रिया १२ घन्टा पछि बुधबार स्थानीय समयअनुसार साढे तीन बजे उक्त व्यक्तिको उद्धार गरिएको हो । १२ घन्टा लामो उद्दार प्रयासपछि ५ दिनपछि जिवितै उद्दार गरिएको हो ।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार फसेका बाँकी व्यक्तिको खोजी र उद्धारको प्रयास भइरहेको छ।

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया