चितुवाको निसानामा बालबालिका : डेढ महिनामा एकको मृत्यु, दुई घाइते

ठाकुरबाबा (बर्दिया)- पछिल्ला केही महिनामा बर्दियामा चितुवाको आक्रमण बढ्दै गएको छ । फागुन र चैत महिनाका घटना हेर्दा विशेषगरी बालबालिका चितुवाको निसानामा पर्ने गरेका छन् । यस अवधिमा तीनजना बालक चितुवाको आक्रमणमा परेका छन् ।
डेढ महिनामा चितुवाको आक्रणबाट एक बालकको मृत्यु भएको छभने दुई बालक गम्भीर घाइते भएका डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमारी चौधरीले जानकारी दिए । विसं २०८१ फागुन ३ गते साँझ करिब ८ बजे मधुवननगरपालिका–९ धर्मबस्तीमा दुई वर्षीय बालक रिहान चलाउने चितुवाको सिकार भए । ती बालक सानीआमाका घरमा पाहुना आएका थिए ।
यस्तै, यही चैत ९ गते मधुवन नगरपालिका–४ स्थित सरस्वती सामुदायिक वनबाट आएको चितुवाले माया नर्सरी नजिक खेलिरहेका चार वर्षीय बालकलाई साँझ ६:३० बजेतिर आक्रमण गर्यो । मधुवन नगरपालिका–४, गमक्का निवासी मुन्सिराम थारूका चार वर्षीय छोरा शुभम् थारूलाई स्थानीयवासीको सहयोगमा बालकलाई घाइते अवस्थामा उद्धार गरियो ।
यस्तै, बुधबार मात्रै दिउँसो करिब २ बजेको समयमा गुलरिया नगरपालिका–४ इन्द्रेणी टोलका सात वर्षीय सिर्जन चौधरीलाई चितुवाले आक्रमण गरेको छ । घरआँगनबाट चितुवाले लैजाँदै गरेको देखेपछि स्थानीयको सहयोगमा बालकको उद्धार गरिएको थियो ।
बालकको घाँटीमा गहिरो चोट लागेको छ । बर्दिया अस्पताल, गुलरियामा प्रारम्भीक उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तिमगरले जानकारी दिए ।
चितुवाले लगातार आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । स्थानीय नागरिकले वन तथा वातावरण संरक्षणका क्षेत्रमा कार्यरत निकायले चितुवाको आतङ्क नियन्त्रण गर्न आवश्यक उपायहरू अवलम्बन गर्न माग गरेका छन् । रासस
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_EgLsmGN6sB_misfwxhamoffm4hf9m9dlicssbfuvb2w0oh1wsbu9fqozctazbavnzfcjpis_dH3KwXu7Ay_hskonrwq7h4jev599xdhk8d97gyxecimdwj0mglotfoa5mfc33ja5qsroahm.jpg)
बाढी आउन सक्ने भन्दै चिनियाँ प्रहरीद्वारा सतर्कता अपनाउन आग्रह

नियमविपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई कारबाही

यस्तो हुनेछ आज दिनभरको मौसम

पाठकलाई साइबर ब्युरोले भन्यो - 'प्रहरी कार्यालयमा उपस्थित हुनु'

निर्माण व्यवसायीको लापरबाही: नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्ग

चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला

एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण

प्रतिक्रिया