आज मधेसी मोर्चाको औपचारिक घोषणा गरिँदै

काठमाडौँ- तराई-मधेस केन्द्रित दलहरूले आज संघीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् ।
आज औपचारिक रूपमा घोषणा हुन लागेको मोर्चामा संघीय संसदभित्र र बाहिरका ७ तराई मधेस केन्द्रित दल रहनेछन् ।
मोर्चाको नाम संघीय लोकतान्त्रिक मधेसी मोर्चा राखिएको बुझिएको छ ।
यसअघि ८ दलको मधेसी मोर्चाको तयारी भए पनि अन्तिममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी भने सो मोर्चामा सामेल नहुने भएको छ।
जसअनुसार संसदभित्र प्रतिनिधत्व गर्ने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रेसम लाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।
साथै, संसदभन्दा बाहिर रहेका दलहरूमध्ये राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी मोर्चामा सहभागी हुनेछन् ।
सो घोषणा दिउँसो ३:०० बजे बानेश्वर बैंक्वटमा हुने नेता केशव झाले जानकारी दिए ।

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम माथी छलफल जारी रहने

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

प्रतिक्रिया