राप्रपा नेता मिश्र र राणा थप ६ दिन हिरासतमा रहने
काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर जबरालाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ। मिश्र र राणा सहित ४१ जनालाई आपराधिक उपद्रव र संगठित अपराधको मुद्धामा थप ६ दिन थुनामा राख्न अनुमति दिएको छ।
न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूलाई बुधबार थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन । गत चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको आन्दोलन भड्काएको, तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । उक्त घटनाका मुख्य योजनाकार दुर्गा प्रसाई भने फरार छन् ।

नागार्जुनका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद, २ करोड ३० लाख जरिवाना

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

प्रतिक्रिया