तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

काठमाडौँ- तीनकुनेमा आगजनी, तोडफोड गरी राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव लगायतका अपराध गरेको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ । राज्य विरुद्धको कसुर र संगठित अपराध सम्बन्धी कसुर अन्तर्गत एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका-९ घर भएका ४७ वर्षीय प्रेम थापा मगर रहेका छन् ।
यसैगरी, आपराधिक उपद्रव कसुर अन्तर्गत ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका-१, गौरादह घर भएका २१ वर्षीय समीर मगर, रामेछापको सुनापाति गाउँपालिका-१ घर भएका २२ वर्षीय सुरेश गौतम, ताप्लेजुङको फुङलिङ नगरपालिका-३ घर भएका २३ वर्षीय सुशील बराल छन् ।
यसैगरी, यही कसुरमा नुवाकोटको बेलकोटगढी नगरपालिका-७ घर भएका २७ वर्षीय रमेश राई, अछामको पञ्चदेवल नगरपालिका २० वर्षीय गोकर्ण शाही र संखुवासभाको पाँचखपन नगरपालिका-२ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३९ वर्षीय मुकुन्द दहाल रहेका छन् ।
उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट सात दिनको मिलान म्याद थप अनुमति प्राप्त अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईको नेतृत्वमा राजावादी समुहसहितको संयुक्त आन्दोलनका क्रममा उनीहरूले लुटपाट भएको थियो ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

स्याङ्जामा १३ वर्षीया बालिका बलात्कृत

प्रतिक्रिया